काठमाडौं, २१ माघ । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टी विरुद्ध सरकारले धरपकड, दमन र भ्रमक प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले बिहीबारको मन्त्रीपरिषदको बैठकमा आफ्नो पार्टीका गतिविधिलाई नियन्त्रण गर्ने खालको प्रस्ताव गरेको प्रचार गरेको भन्दै उनले आपत्ति जनाएका हुन ।
विज्ञप्तिमा भनिएको छ , ‘हिजोको मन्त्रिपरिषदमा गृह मन्त्रिले हाम्रो पार्टीवाट राज्यलाई चुनौती भएको भन्दै पार्टीका गतिबिधिमाथि नियन्त्रण गर्ने खालको प्रस्ताब गरेको प्रचार भएको छ । राज्यको यो रवैयाले हाम्रो ध्यान गंभिर प्रकारले तानेको छ । ’
उनले विज्ञप्तिमा भनेका छन्, ‘राष्ट्र र जनताको पक्षमा काम गर्दा सथै गलत कार्यका विरुद्धमा संघर्ष गर्दा उक्त कार्यलाई प्रोत्साहन गर्नुको सट्टा उल्टो दम गर्नु भनेको राज्यले नै देशलाई अशान्ति र द्धन्दतिर धकेल्ने कार्य गर्नु हो । यस्तो राज्यको दमकारी नितिबाट हाम्रो पार्टी विचलित हुने त कल्पनै छैन बरु शसक्त प्रतिरोधको मार्गमा अगाडी बढ्नेछ ।
उनले सरकारलाई दमनमा नउत्रिन चेतावनी दिदै यदि राज्य दमनमा उत्रिए त्यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।
हेर्नुहोस विज्ञप्ति




