दमक÷ झापाको दमक बहुमुखि क्याम्पसमा शुक्रबार बिज्ञान प्रदर्शनी हेर्न आएका बिद्यार्थीहरु छक्क मात्र परेनन् आश्चर्य र चकित नै बने । त्यो कारण थियो आकाशमा राष्ट्रिय झण्डा यसरी फहरायो की कमैले मात्र त्यो कल्पना गरेका थिए । शुक्रबारदेखि नै शुरु भएको बिज्ञान प्रदर्शनीको उद्घाटन आपतकालीन स्वास्थ्य सेवा प्रदानका लागि सोच बनाएर बनाइएको ड्रोनमाथि लगाईएको झण्डा फहराउदै राष्ट्रभक्तले सबै ओतप्रोत बनेका थिए । राष्ट्रि गानको धुनमा झण्डा आकाशमा फहराएर अवतरण गर्दाको दृश्य कमैले कल्पना गरेको बिषय रहेको थियो । पुर्वाञ्चल बिश्वबिद्यालयमा अध्ययनरत बिद्यार्थी नबिन दाहाल र दमक क्याम्पसका महेश भट्टराइले बनाएको ड्रोन बिकट ठाँउमा अत्यआवश्यकीय औषधि पुर्याउन प्रयोग गर्न सकिने सोचबाट पेरित रहेको थिए । एप्सको माध्यमबाट बिरामी तथा आफन्तले जानकारी गराएपछि त्यसले औषधि पुर्याउन सक्नेछ । क्याम्पस प्रमुख उत्तम भट्टराइले ड्रोन उडेको हेरेपछि बिद्यार्थीहरुले चाहेमा जे पनि गर्न सक्छन् भन्ने प्रमाणित भएको बताए । शब्द÷भिडियो बिष्णुप्रसाद पोखरेल
https://youtu.be/YQ6w4DUu_e4दमकको आकाशमा अकल्पनिय रुपमा राष्ट्रिय झण्डा फहराएपछि...(हेर्नैैपर्ने भिडियो)
सवाल नेपालसंवाददाताशुक्रबार, १९ माघ २०७३

दमकको आकाशमा अकल्पनिय रुपमा राष्ट्रिय झण्डा फहराएपछि...(हेर्नैैपर्ने भिडियो)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



