विन्टर प्रमोशनको हिस्सा स्वरूप ह्वावेले आफ्नो तीनवटा सबैभन्दा चर्चित बजेट स्मार्टफोनहरू वाई फाइभ लाइट, नोभा टुलाइट तथा वाई नाइन २०१९ को मूल्य घटाएको छ ।
क्यामरा सेटअप, आकर्षक र बेग्लै डिजाइन र समग्र परमर्फमेन्सका लागि सुपरिचित यी स्मार्ट फोनहरूले प्रयोगकर्ताहरूबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।
यो अफर थप डिस्काउन्टसहित बजेट स्मार्ट फोनहरू खोजिरहेका ग्राहकहरूका लागि सबैभन्दा उपयुक्त भएको कम्पनीले जनाएको छ । यी तीनवटै स्मार्ट फोनहरू वास्तविक मूल्यभन्दा झण्डै २ हजार रूपैयाँ कममा उपलब्ध छन् ।
ह्वावेले आफ्नाग्राहकहरूप्रतिको जिम्मेवारी पूरा गर्दै कम्पनीलाई थप उचाइँमा पुर्याउन यो एक्सक्लुसिभ अफर ल्याएको जनाएको छ ।
वाई फाइभ लाइट : रु १३,९०० बाट रु ११, ९९०
यसअघि १३,९०० भएको पहिलो एन्ड्रोइड गो डिभाइस अब ११, ९९० मा उपलब्ध छ । यो स्मार्टफोन एन्ड्रोइड गो प्लाटफर्ममा संचालन हुन्छ जुन एन्ट्री लेभल फोनहरूमा अपटिमाइज्ड स्टक एन्ड्रोइड एक्सपिरियन्स दिने गर्दछ ।
यो फोनमा लाइटर भर्सन एपहरू, अझ राम्रो सुरक्षा तथा व्यवस्थापन छ । मिडिया टेक एमटी ६७३९ प्रोसेसर रहेको छ फोनमा १६ जिबीको स्टोरेज र ३०२० एमएच ब्याट्री छ ।
नोभा टु लाइट : रु २३,९०० बाट रु २१, ९९०
यो फोनको मूल्य २३,९०० बाट २१, ९९० मा झारिएको छ । यो फोनमा एचडी सहितको १४४०X७२० रेजलुसनसहितको ५.९९ इन्चको आइपीएस एलसीडी भएपनि यो फोन हलुंगो छ । यसमा डुअल क्यामरा सेटअप, एफ/२.२ एपर्चरसहितको १३ एमपी लेन्स र दुई एमपी डेप्थ सेन्सर रहेको छ । साथै यसमा ८ एमपीको सेल्फी क्यामरा छ ।
वाईनाइन २०१९ : रु ३४, ९०० बाट रु ३१, ४९०
ह्वावे वाइनाइन २०१९ एकदमै उत्कृष्ट स्मार्टफोन हो । आइफोन एक्सएस म्याक्स स्ट्यान्डर्ड भएको फोन मानिन्छ । यसमा फूलएचडी सहितको १०८०X२३४० पिक्सल रेजलुसन छ र यसमा १९ः५ः९ एस्पेक्ट रेसियो रहेको छ ।
वाइनाइन २०१९ मा हाइसिलिकन किरिन ७१० चिपिसेट छ । यसमा फ्रन्ट र ब्याकइन्ड दुवैमा गरी डुअल क्यामरा सेटअप छ । रियर प्यानलमा १६ एमपी+ २ एमपीतथा १३ एमपी र २ एमपीको क्यामरा छ । दुवै साइडमा सेकेण्डरी क्यामरा रहेको छ । यस फोनमा ४ जिबीको र्याीम र ६४ जिबी अनबोर्ड स्टोरेज र माइक्रो एसडी कार्ड स्लट राख्ने ठाउँ पनि छ । ४०० जिबीसम्मको मेमोरी कार्ड यसमा राख्न सकिन्छ ।
ह्वावेले विश्वव्यापी स्मार्टफोन बजारमा दोस्रो स्थान हासिल गरिसकेको छ । भविष्यमा सबैभन्दा लोकप्रिय स्मार्टफोन ब्रान्ड बन्ने कम्पनीको योजना छ । सन् २०१७ मा नोभासिरिज सार्वजनिक गरेदेखि र नोभा टु आई को कीर्तिमानी व्यापारसँगै यो कम्पनीले एउटा कोसेढुंगा नै कायम गर्न सफल भएको छ ।
चारवटा क्यामरा र फूलभ्यू डिस्प्ले भएको स्मार्टफोनले स्मार्टफोनहरूको दुनियाँमा नयाँ स्तर ल्याएको छ । ह्वावेका नोभाथ्री र नोभाथ्रीआई विश्वकै पहिलो २४ एमपीफोर एआई क्यामरा मानिन्छ ।










