जीवन भण्डारीले लेखेको गजलसङग्रह ‘राहत’ नेपालमा विमोचन भएको धेरै भएको छैन।अहिले आफ्नो कर्मथलो जेजु, कोरिया पुगेका जीवनले आफ्नो सहरमा किताव लोकार्पणको कार्यक्रम राख्ने योजना तयार गरेका छन्।

साहित्यिक हिसावले अलिक पछाडि परेको जेजुदो अब उकास्ने जमर्को गरेको जीवनले बताए।साथै उक्त कार्यक्रम करिवुड इन्डियन एन्ड नेपाली रेस्टुरेन्ट दोङ्मुनमा हुनेछ।कार्यक्रममा भण्डारीको किताब लन्च र रचना बाचन कार्यक्रम हुनेछ ।साथमा सांस्कृतिक कार्यक्रम पनि हुनेछ।जीवनका दश ओटा गितहरू रेकर्ड भइसकेका छन्।उनको गितहरूमा शब्द/संगित पनि उनकै रहेका छन्।र उक्त सॉस्कृतिक कार्यक्रममा उनको पनि प्रस्तुति रहनेछ।
सांस्कृतिक कार्यक्रममा जेजुमा रहेका कलाकारहरू मनिज तामाङ, रविन लामा,र बिजय तिवारीको बिशेष प्रस्तुति हुनेछ।यो कार्यक्रम डिसेम्बर १ शनिबार सॉझ हुनेछ।र यस्को आयोजना करिवुड इन्डियन एन्ड नेपाली रेस्टुरेन्ट र जि.एम.ईले गरेको छ।









