काठमाडौं, २२ माघ । नेपाल मानवअधिकार संगठनले पृथकतावादी सीके राउतलाई अविलम्ब रिहा गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष इन्द्र प्रसाद अर्यालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मधेसीको अधिकारका लागि आन्दोलन गरिरहेका राष्ट्रिय अखण्डता विरोधी गतिविधि सञ्चालन गरेको आरोप लगाई पक्राउ गरिएकोमा आपत्ति जनाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संगठनले सीके राउतलाई पक्राउ गर्दैमा समस्या समाधान नहुने भन्दै उनलाई रिहा गरेर प्रभावकारी वार्ताको थालनी गर्न सरकार, राजनीतिक दल र मधेसवादी दलसँग समेत माग गरेको छ ।

यसअघि मधेसी मोर्चाका नेताहरुले सीके राउतलाई पक्राउ गरेर सरकारले आफ्ना मुद्दालाई ओझेलमा पार्न खोजेको आरोप लगाएका थिए । भने सीके राउत पक्राउ गर्न आवश्यक नरहेको प्रतिक्रिया दिएका थिए ।

हेर्नुस् विज्ञप्तिः