
मेष राशिः मेष राशिका लागि यो साता सुखद् रहनेछ । आर्थिक उन्नति हुनुका साथै पदोन्नतिको अवसर पनि मिल्ने देखिन्छ । व्यापार व्यवसायमा सफलता हात पर्ने छ । प्रेम जीवन सुखद् रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । बिहीबारबाट शत्रु पक्ष सबल रहने छन् । स्वास्थ्यको क्षेत्रमा पनि प्रतिकूल हुने देखिन्छ ।
वृष राशिः वृष राशिका लागि यो साता उन्नतिकारक रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक उन्नति पनि हुने देखिन्छ । पराक्रम बढ्नुका साथै सामाजिक कार्यमा पनि रुचि जाग्ने देखिन्छ । पारिवारिक साथ सहयोग मिल्नुका साथै नयाँ कार्यका अवसर पनि प्राप्त हुने छन् । प्रेम जीवन सुखद् रहनेछ । अध्ययनमा रुचि जाग्ने छ ।
मिथुन राशिः मिथुन राशिका लागि साताको उत्तरार्ध विशेष फलदायी रहनेछ । मंगलबारसम्म कार्यम अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । बुधबारबाट कार्यमा सफलता मिल्दै जानेछ । कार्योन्नतिका साथै कीर्ति लाभको पनि योग देखिन्छ । पराक्रम बढ्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
कर्कट राशिः कर्कट राशिका लागि साता अर्थकरी रहनेछ । सोचेका काम पूरा हुनेछन् । मित्र सहयोेग मिल्नुका साथै यात्राको अवसर पनि मिल्नेछ । अध्ययनको क्षेत्र सबल रहनेछ । भूमिबाट विशेष लाभ हुने देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
सिंह राशिः सिंह राशिका लागि साता मध्यम फलदायी रहनेछ । कार्य लाभका योग देखिन्छन् । मित्रजनको साथ सहयोग प्राप्त हुनुका साथै स्वास्थ्यको क्षेत्र पनि सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । आर्थिक उन्नति हुनेछ । साताको अन्त्यमा कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।
कन्या राशिः कन्या राशिका लागि यो साता वृद्धिदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्यप्राप्तिको योग पनि देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ ।
तुला राशिः तुला राशिका लागि यो साताको उत्तरार्ध विशेष फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता आउने देखिन्छ । मंगलबारबाट भने कार्यमा प्रगति हुँदै जाने छ । आम्दानीका स्रोत बढ्दै जाने छन् । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । अध्ययनमा रुचि जग्नेछ । सामाजिक मान सम्मानका योग देखिन्छन् ।
वृश्चिक राशिः वृश्चिक राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । नयाँ काम मिल्ने योग देखिन्छ । सोचेका कार्य पूरा हुनुका साथै मित्र लाभ हुने छ । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसायमा उन्नति हुनुका साथै यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार स्वास्थ्यमा प्रतिकूलताका साथै कार्यमा अवरोध रहने देखिन्छ ।
धनु राशिः धनु राशिका लागि साताको पूर्वार्ध विशेष फलदायी रहनेछ । सामाजिक क्षेत्रबाट पनि विशेष लाभ हुने देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । विद्याको क्षेत्र सबल रहनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । बिहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।
मकर राशिः मकर राशिका लागि यो साता उन्नतिकारक रहनेछ । पराक्रम बढ्नुका साथै बोलीको प्रभाव विशेष रहनेछ । कार्य क्षेत्रमा प्रगति हुनुका साथै नयाँ कार्य प्राप्ति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै आर्थिक लाभ हुनेछ । मित्र सहयोग मिल्नुका साथै पराक्रम बढ्ने देखिन्छ । बिहीबारबाट कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्ने देखिन्छ ।
कुम्भ राशिः कुम्भराशिका लागि यो साता मध्यम फलदायी रहनेछ । मंगलबारसम्म कार्यमा अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता देखिन्छ । सो पश्चात्को समय सफल रहनेछ । मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुनेछ । पारिवारिक सुख प्राप्तिका साथै व्यापार व्यवसायमा वृद्धि हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा उल्लेख्य प्रगति हुने देखिन्छ ।
मीन राशिः मीन राशिका लागि यो साता उन्नतिकारक रहनेछ । आर्थिक लाभका साथै मित्र जनबाट पनि साथ सहयोग मिल्ने देखिन्छ । प्रेम जीवन सबल रहनेछ । पारिवारिक सुख प्राप्तिका साथै धन लाभका अवसर पनि देखिन्छन् । कर्म क्षेत्र बलवान रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा उल्लेख्य प्रगति हुने देखिन्छ ।



