दमक/झापाको दमक बहुमुखि क्याम्पसमा अनेरास्वबियूको अगुवाईमा क्याम्पस जाने बाटोमा जेब्रा क्रसिङ बनाइएको छ । दमक बहुमुखि क्याम्पस स्वबियू अध्यक्षका उम्मेद्वार सन्तोष दूलाल र सचिबका उम्मेदवार रोशन भण्डारीले उक्त कामको उद्घाटन गरेका थिए । दूर्घटना न्यूनिकरणका लागि चेतना मूलक सन्देश प्रवाह गर्नका लागि यो काम गरिएको अध्यक्षका उम्मेद्वार दुलालले बताए । सचिबका उम्मेद्वार भण्डारीले आफूहरुले यस्ता कामलाई निरन्रता दिने जनाए ।