झापा,  माघ । ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले अबको ३ वर्षपछि विजुली फालाफाल हुने बताउनुभएको छ ।

झापाको घैलाडुबामा नेपाल विद्युत प्राधिकरणको सव स्टेशन शिलान्यास गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । “अहिले हामीले विद्युत कम खपत गरौं भनेर सार्वजनिक सूचना गरिरहेका छौं तर अबको तीन बर्षपछि बिद्युत बढीभन्दा बढी खर्च गरौं भनेर सार्वजनिक आव्हान गर्नेर्छाैं ।” मन्त्री शर्माले भन्नुभयो “धेरैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगधन्दा खोल्नतिर लाग्नुहोस ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बिद्युत उत्पादन र प्रसारणको क्षेत्रमा एकीकृत योजनाअनुसार काम नहुँदा ढिलाई भएको भन्दै मन्त्री शर्माले अबदेखि योसँग जोडिएका वन मन्त्रालय, भूमिसुधार मन्त्रालय र उर्जा मन्त्रालयबीच एकीकृत योजना बनाएर अघि बढ्ने गरी नीति बनाउन लागिएको जानकारी दिनुभयो ।

ऊर्जामन्त्रालयले अघि सारेको नेपालको पानी जनताको लगानी कार्यक्रम मार्फत आम जनतालाई बिजुलीको मालिक बनाउन लागिएको भन्दै त्यसमा सहभागी हुन आव्हान गर्नुभयो ।

जलविद्युतमा ३ अर्बको प्रतिवद्धता

नेपालको पानी जनताको लगानी कार्यक्रममा अनलाईन मार्फत आजसम्म ३ अर्ब ३ करोड ३१ लाख ११ हजार शेयर लगानीको प्रतिवद्धता प्राप्त भएको छ ।

हालसम्म व्यक्तिगततर्फ २७ हजार ३ सय ५४ जनाले लगानी प्रतिवद्धता जनाएका छन् । व्यक्तिगततर्फ कुल २ अर्ब ८८ करोड ९ लाख ३६ हजार तथा कम्पनीतर्फ १ अर्ब ५२ करोड १७ लाख ५ हजार रकमको प्रतिवद्धता आएको छ ।