२३ माघ / झापामा पहिलो पल्ट झापाका २० विद्यालयहरुमा बुक बस अर्थात घुम्ती पुस्तकालय सञ्चालनमा आएको छ । विज्ञान र प्रविधिको विकाससँगै पठन संस्कृतिको विकास पनि हुनुपर्छ । पठन संस्कृतिको विकासको लागि विभिन्न लाईब्रेरी, इ–लाईब्रेरी तथा विभिन्न कम्प्युटर-मोबाईल एप्सहरु बने तर यि सबै ग्रामिण तथा सामूदायिक विद्यालयको पहुँचमा छैन । झट्ट हेर्दा दम्कल जस्तो देखिने तर नजिकबाट हेर्दा एकदमै नौलो सवारी साधन जस्तो देखिने पुस्तकालय भित्र भने पुस्तकहरु छन् । मोबाईल लाईब्रेरी अर्थात बुक बस झापामा फागुन १२,१३ र १४ गते हुने कला साहित्य उत्सबलाई लक्षित गरेर काँकरभिट्टा आई पुगेको छ । विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि बस ल्याइएको हो । अमेरिकी दुतावासको सहयोगमा बस झापा ल्याइएको हो । बसमा भएको पुस्तकले पठन संस्कृतिको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । बस भित्र अन्तरजातिय द्वन्द्व, शिक्षा, प्रविधि तथा नयाँकुराको जानकारी गराईने बुक बसकी संयोजक इसा भुमि श्रेष्ठले बताउनु भयो । करिब २१ दिन सम्म झापामा रहेने बुक बससँगसँगै वड वरियर नेपालले झापाका विभिन्न २० बढी विद्यालयहरुलाई स्ल्याम पोईट्रि तथा भित्ते चित्रहरु बारे कार्यशालाहरु गरिने छ । बुक बसले झापाका २० बढी विद्यालयका १० हजार बढी विद्यार्थीहरु प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । प्रविधिको विकासको द्रुत भईरहेको बेला पठन संस्कृतिको विकास गर्नका लागि समेत बिद्यालय स्तर देखि पढन कार्यक्रम ल्याइएको हो । विद्यार्थीको क्षमता अभिबृद्धिका लागि समेत कायृक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । himshikhartv
गाडिमा पुस्ताकालय
सवाल नेपालसंवाददाताआइतबार, २१ माघ २०७३

गाडिमा पुस्ताकालय
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



