दमक-नेकपा एमालेका केन्द्रिय सदस्य एवं साँसद रबिन कोइरालाले बर्तमान सरकार देश जनताको हितमा भन्दा भारतीय एजेण्डा बोकेर हिडेको आरोप लगाएकाछन् । उनले संबिधान शंशोधन नेपालीहरुको एजेण्डा नभएको बताउदै प्रत्येक बुदाहरु आपत्ती जनक भएको उनले बताए ।नागरिकता, सिमा हेरफेर जस्ता महत्वपूर्ण बिषयहरुलाइ हुचुवामा अंबैधानिक रुपमा ल्याएकाले त्यसको एमालेले बिरोध र प्रतिरोध गरेको उनको भनाई रहेको छ ।
कोइरालाले झापाको बिर्तामोडमा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै अब नेकपा एमालेले सडकबाट नै सरकारलाइ कडा चुनौती दिने जनाए । लाखौलाख जनता तराइमा उतारेर सरकारलाई सडकबाट नै हटाउन सकिने चेतावनी कोइरालाले दिएकाछन् । उनले भने–सरकारले चुनाव घोषणा नगर्ने हो भने त्यसको जवाफ जनताले सडकबाट दिनेछन् र यो सरकार त्यो समय कहाँ पुग्छ त्यहि समयमा पत्तो हुन्छ ।
शब्द÷भिडियो बिष्णुप्रसाद पोखरेल
https://www.youtube.com/watch?v=9ZDk1AkjorQ



