झापाको गौरादह स्थित गौरादह उद्योग बाणिज्यसंघको आसन्न फागुनमा हुन गइरहेको निर्वाचनकालागि नेकपा एमालेले अफ्नो आधिकारी उम्मेद्धार घोषणा गरेका छन् ।
एमालेले गौरदहमा पत्रकार सम्मेलन मार्फत डिल्लीराम काफ्लेको अध्यक्षतमा पदाधिकारी र सदस्य सहितको १५ सदस्यिय कार्यसमितिको घोषणा गरेको हो । घोषित कार्यसमितिको प्रथम उपाध्यक्षमा नरेन्द्र कार्की, द्धितीय उपाध्यक्षमा भरत फ्युयाल, महासचिवमा निर्मल बाँस्तोला, कोषाध्यक्ष, दिल बहादुर अधिकारीको उम्मेद्धारी घोषणा गरिएको छ । भने सदस्यमा हरी कार्की, यज्ञप्रसाद खनाल, चन्द्रमणी गौतम, पर्शुराम वस्नेत, फागु शाह, केशव ओडारी, खगेन्द्र सेढाई, रुकमणी कोइराला, योगमाया दंगालको नाम सार्वजनिक गरिएको छ । कार्यक्रममा एमाले जिल्ला सचिव मदन अधिकारीले सम्पुर्ण एमालेका कार्यकर्ता तथा राष्ट्रिय बाणिज्य संघमा अवद्ध व्यवसायीलाई पार्टीको आधिकारी प्यानललाई उम्ेद्धारी पिदएर बिजयी बनाउन आवह्रान गरेका थिए । कार्यक्रम गौरादह राष्ट्रिय बाणिज्य संघका अध्यक्ष पुन्य सिग्देलको अध्यक्षतामा भएको थियो ।



