दमक/झापाको लखनपुर १ स्थित आदिबासी रंगशालामा आउदो माघ २५ गतेदेखि २९ गतेसम्म हुने प्रथम राष्ट्रिय बालबहोत्सवको अन्तिम तयारी पुरा भएको छ । उज्यालो बालक्लव लखनपुरको आयोजनामा हुने बालमहोत्सव स्थलको ब्यवस्थापन ९९ प्रतिशतभन्दा बढि पुरा भएको मूल ब्यवस्थापन समितिका संयोजक सन्तोष भण्डारीले बताए । बालबालिकाको लागि एउटा पाठशालाको रुपमा महोत्सव स्थललाई ब्यवस्थापन गरिएको र बालमैत्री रहेको भण्डारीले जनाए । अन्य महोत्सवभन्दा फरक महोत्सव रहेकाले यसलाई बिद्यार्थी र अभिभावकका लागि लाभदायक बनाइने उदेश्य रहेको छ । बिद्यार्थी आफैले बनाएका रकेट, रोवट तथा अन्य उपकरणहरुको प्रदर्शनी र प्रतियोगिता हुनेछ । मूल समितिका सदस्य दिनेश संग्रौलाका अनुसार यसका साथै बालबालिकाहरुको प्रतिभा प्रदर्शनका लागि बाल गायन, बाल चित्रकला, बालझाँकी प्रतियोगिताहरुको आयोजना गरिदैछ । यसका साथै विश्वको तेज स्मरणशक्तिमा बिश्व रेकर्ड कायम राख्ने अर्पण शर्माद्धारा स्मरणशक्ति बढाउने बिषयको प्रस्तुती, बिश्वको कान्छो चलचित्र निर्देशक सौगात बिष्टको अनुभवबारे छलफल, १४ वटा बिधामा बिश्व रेकर्ड राख्ने थानेश्वर गुरागाइको प्रस्तुतीहरु यहाँ रहनेछन् । लखनपुर गाबिस र दमक नगरपालिकाको संयोजन गरेको महोत्सवमा बिभिन्न बौद्धिक ब्याक्तित्वहरुले आफ्नो सफलताको सुत्रहरु बताएर बिद्यार्थीहरुलाई जागरुक बनाउने, चर्चित बालकथामा आधारित चलचित्रहरु प्रदर्शनी लगायतका कार्यक्रमहरु राखिएको मूल आयोजक समितिका सदस्य त्रीलोचन अधिकारीले बताएकाछन् । ज्ञानबद्र्धक तथा शैक्षिक स्टलहरुलाई प्राथमिकतामा राखिएको र बालबालिकाहरुका लागि एउटा बिश्वबिद्यालयको रुपमा महोत्सवलाई अघि बढाइएको उज्यालो बाल क्लवकी अध्यक्ष टेलिना खनालले बताइन् ।
बालमहोत्सव नहेरे पछुताउनु पर्ला है
सवाल नेपालसंवाददातासोमबार, २२ माघ २०७३

बालमहोत्सव नहेरे पछुताउनु पर्ला है
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



