आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २७ गते,बिहीबार, इश्वी सन् २०१८ डिसेम्बर १३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन, हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– षष्ठी, २२:३६ बजेउप्रान्त सप्तमी,नक्षत्र– धनिष्ठा, १७:४२ बजेउप्रान्त शतभिषा, योग– हर्षण, २३:२१ बजेउप्रान्त वज्र,करण– कौलव, ९:३२ बजेदेखि तैतिल, २२:३६ बजेउप्रान्त गर,आनन्दादिमा श्रीवत्स योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५३ पला। पञ्चक। सर्वार्थसिद्धि योग २४:०३ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल मंसिर २८ गते,शुक्रबार,इश्वी सन् २०१८ डिसेम्बर १४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष, तिथि– सप्तमी, २४:३३ बजेउप्रान्त अष्टमी,नक्षत्र– शतभिषा, २०:०९ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– वज्र, २३:४२ बजेउप्रान्त सिद्धि,करण– गर, ११:३६ बजेदेखि वणिज, २४:३३ बजेउप्रान्त भद्रा,आनन्दादिमा सौम्य योग, चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ५३ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आत्म–विश्वासले ठूलो फाइदा उठाउन सकिनेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,पारिवारिक जमघटमा मन रमाउनेछ, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ,आजको शुभ अंक ५ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्, आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्,आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पठन–पाठनमा प्रगति हुनेछ,आफन्तबाट समेत टाढिनुपर्ने समय छ,वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ,भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ,आजको शुभ अंक ११ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने अवसर प्राप्त हुनेछ, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ८ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
टाढाको यात्रा सम्भावना छ, घरमा सुख-सम्पत्ति प्राप्त हुने योग छ,विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ, चोरी वा ठगीमा परिने समय छ,कीर्तिमानी काम गर्ने समय छ,आजको शुभ अंक १ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
नयाँ सवारी साधन प्राप्तिको योग छ,भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला,उद्योग र व्यापारमा निकै फाइदा हुनेछ, प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सामान्य आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने योग छ,मातापिताको सहयोग प्राप्त होला,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आस मारेको काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ,आजको शुभ अंक ७ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्,चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ,पढाइलेखाइ र व्यवसायमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,द्योग र व्यापारमा विशेष फाइदा हुनेछ,समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्,आजको शुभ अंक ९ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ़्नाका लागि गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ,आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्,प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ,आजको शुभ अंक १० रहेको छ।

‘ग्रहाः राज्यं प्रयच्छन्ति ग्रहाः राज्यं हरन्ति च।
ग्रहैर्व्याप्तमिदं सर्वं त्रैलोक्यं सचराचरम्।।’
दिब्यज्योतिष बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah