दक्षिण कोरियाको साप्ताहिक कार्य समय सन् २०१७ मा अघिल्लो वर्षको तुलनामा केही घटेको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
कोरियालीहरुले काम र निजी जीवनबीच सन्तुलन खोज्न थालेको विश्लेषण गरिएको छ ।
कोरिया तथ्याङ्क विभागका अनुसार दक्षिण कोरियाली पुरुष र महिलाले सन् २०१७ मा प्रति हप्ता औसतमा ४२ दशमलब ८ घण्टा काम गरेका छन् । सन् २०१६ मा प्रति हप्ता ४३ घण्टा थियो ।
दक्षिण कोरियालीको प्रति हप्ता कार्य समय सन् १९९० देखि निरन्तर घट्दै आएको पाइएको छ । सन् १९९० मा कोरियालीको प्रति हप्ता कार्य समय ५३ दशमलब ८ घण्टा थियो । तथापि, दक्षिण कोरियालीको कार्य समय अरु मुलुकको दाँजोमा अझै पनि बढी छ ।
तथ्याङ्क विभागका अनुसार, सन् २०१६ मा दक्षिण कोरियालीले औसतमा वार्षिक दुई हजार ५२ घण्टा काम गरेका छन् । आर्थिक सहयोग तथा विकास संगठनमा आबद्ध ३६ औद्योगिक मुलुकमध्ये २९ राष्ट्रको वार्षिक कार्य घण्टा गणना गर्दा कोरियाको यो कार्य घण्टा तेस्रो सबैभन्दा बढी हो ।
जुलाईमा दक्षिण कोरियाले प्रति हप्ता कार्य समयमा संशोधन गरी ६८ घण्टाबाट घटाएर ५२ घण्टामा ल्याएको थियो ।
त्यसो त कोरियामा कडा काम हुने हुँदा काम घट्दा आराम महशुस भएपनी निस्चित भिषा प्राप्त गरेकाहरु र ठूलो आर्थिक उपार्जनको सोच गरेकाहरुलाई दुखित बनाएको छ।अर्कोतिर बर्षैपिच्छे आकर्षक तलब बढ्ने गरेको र बिश्वब्यापी बजारमा प्रतिस्पर्धा गर्न नसक्नुले पनि कोरिया रोजगारीको समय घटन पुगेको छ।
मूनको मन्त्रिपरिषदमा हेरफेर
दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले आफ्नो कार्यकाल तीन वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषदमा शुक्रबार हेरफेर गरेका छन् । उनले दुई जना उप वित्तमन्त्री सहित १६ जना नयाँ उपमन्त्रीहरु नियुक्त गरेका छन् ।
राष्ट्रपति मूनले आर्थिक गतिविधिमा सामान्य मन्दी आएको र रोजगारीमा असर पर्न थालेको अनुभव गरेलगत्तै महत्वपूर्ण मन्त्रालयहरुमा हेरफेर गरेका हुन् ।सेयर गर्नुहोस।
-एजेन्सिको सहयोगमा-









