
२०७५ साल मङ्सिर २९ गते । शनिवार । इस्वी सन् २०१८ डिसेम्बर १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग शुक्ल पक्ष । तिथि अष्टमी।
।
काठमाडौँमा सूर्योदय ०६ बजेर ४८ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०९ मिनेट। दिनमान २५ घडी ५२ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरू जुट्नेछन् । उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी सम्पत्ति तथा पृत्रिक सम्पत्ति हात लागि हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । विद्यमान राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ ।
वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,बो) व्यापार व्यवसाय फस्टाएर जानेछ । आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । समयले रोजगार दिलाउने योग रहेको छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाइमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । बैक तथा वित्तीय क्षेत्रमा गरिएको लगानी बाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना भए पनि अन्ततः एका अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । धार्मिक क्षेत्र तथा मन्दिरतिरको यात्राको तय गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्यापापार व्यवसाय खस्केर जानेछ । ऋण,रोग तथा शत्रुको सामना गर्नुपर्दा दैनिक कामहरू प्रभावित हुनेछन् । प्रेम सम्बन्धमा मनमुटाबको अवस्था सिर्जना हुनेछ । पति पत्नीबिच अविश्वास पैदा हुन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा अप्रिय घटना नघट्ला भन्न सकिन्न । आफन्त सँग पनि मनमुटाब सिर्जना हुने योग रहेको छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । रमाइलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महसुस गर्नेछन् ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ । नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाइकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । पढाई लेखाइमा राम्रो नतिजा आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरी मनग्गे आम्दानी हुनेछ । नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रशन्न रहनेछ ।
वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) आमा वा आमा सँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नु पर्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाई लेखाइमा विभिन्न कारणले समय दिन सकिनेछैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ । उद्योग,व्यापार व्यवसाय फस्टाएर जानेछ । मापा प्रेमको डोरो कसिलो भएर जानेछ । पति पत्नीबिच एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । आँट,पराक्रम गर्न नडराई अगाडि बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाम मुखी काम गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)कुटुम्बसँगको सम्बन्धमा सुमधुरता आउनेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । व्यापार व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलिएको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा सुधार भएर जानेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आँटेको काम बन्नेछ व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ । आम्दानीमा बढोत्तरीको योग रहेको छ । अरूको बचन तथा सुझावले काममा अगाडि बढ्न मद्दत गर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ । जीवन साथी सँग मनमुटाब बढ्नेछ । पढाई लेखाइमा ध्यान नजाँदा अरू भन्दा पछि परिनेछ । विदेशमा उत्पादन सामानको व्यवसाय फस्टाएर जानेछ । स्वदेशी सामानको व्यापारमा मन्दी आउनेछ ।



