दक्षिण कोरियामा फेरि एक नेपालीको निधन भएको छ।सौल देखि केही दुरि टाढा रहेको याङ्जु क्षेत्रमा काभ्रे घर भएका सुजन थापा नाम गरेका एक नेपाली सुतेको अवस्थामा निधन भएको हो।
मिर्तक करिब ४ बर्ष अघि इपिएस मार्फत उत्पादनमुलक क्षेत्रमा कोरिया रोजगारीमा आएका थिए।मिर्तक बिवाहित रहेको र उनका दुई सन्तान समेत रहेका छन।उनका दाजु समेत कोरिया रहेका छ्न।मिर्तक थाइराइडको बिरामी रहेको र लामो उपचार पछि निको समेत भएको थियो।घटनाको बारेमा परिवारलाई जानकारी गराइएको एन आर एन अध्यक्ष लक्ष्मी गुरुङले बताइन।
केहि दिन अघि मात्र छोरा र श्रीमान संगै अमेरिका हिडेकी बिराटनगरकी पोख्रेल थरकी एक महिलाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षालयमा निधन भएको थियो।त्यसैगरी नेपालबाट छोरी भेट्न र घुम्न आएका चितवनका तामाङ थरका अर्का एकजना नेपालीको हृदयघातका कारण निधन भएको थियो ।
कोरियामा औधोगिक दुर्घटना र सुतेकै अवस्थामा मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा बढिरहेकोले सबैलाई अत्यन्तै चिन्तित बनाएको छ ।यस्ता घटनाको वास्तविक कारण खोज्न जरुरी रहेको छ। सम्बन्धित निकायहरुले बेलाबेलामा चासो देखाएपनी आशातित,चित्तबुझ्दो र उपायको खोजी नभएको यहाँ कार्यरतहरु गुनासो गर्दछ्न। हेलो कोरिया नेपाल बाट









