झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कलले भितेपत्रिका विमोचन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरी युरेसका गतिविधी, समसामयिक विषयवस्तु र प्राध्यापक तथा विध्यार्थीका लेख रचनालाई समाबेश गरि तयार पारिएकाे "बहुमुखी आवाज" नामक मासिक भितेपात्रिका विमोचन गरीएको हो । रेडक्रस दमक उपशाखाकी कोषाध्यक्ष गीता अधिकारीको प्रमुख आतिथ्यता तथा युरेस दमक क्याम्पसका सभापति धनबहादुर पाण्डेको सभापतित्वमा भएको विमोचन कार्यक्रमा शिक्षकनायक राधिका सुवेदी लगायतले शुभकामना दिएका थिए । प्रमुख आतिथी अधिकारीले युरेस दमकले गर्ने हरेक काममा रेडक्रस उपशाखा दमकको साथ र सहयोग रहने बताउनुभयो ।
यस्तै क्याम्पस प्रमुख उत्तम भट्टराईले युरेसले राम्रो कामको थालनी गरेको र यस्ता कामप्रति क्याम्पसको सदैव साथ र सहयोग रहने बताउनुभयो । उहाले आगामी दिनहरुमा पनि यस्ता कामलाई निरन्तरता दिन सुझाव दिनुभयो । कार्यक्रममा बोल्दै भितेपत्रिका प्रकाशन उपसमितीका संयोजक तथा सम्पादक उत्तम खड्काले पत्रिकाको बारेमा प्रकाश पार्नुभएको थियो । सर्कलका सल्लाहकार समितीका संयोजक टेकनाथ खनालले रेडक्रसले क्याम्पसमा विगत र वर्तमानमा गरेका काम कारबाही बारे अवगत गराउनुभएको थियो । अस्मिता घिमिरेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सर्कलका सचिव बिपना बरालले गर्नुभएको थियो । साथै सोही अवसरमा सर्कलको कार्यप्रति उच्च मुल्याङकन गर्दै विभिन्न अभियान तथा कार्यक्रम सञ्चालनका लागी आर्थिक सहयोग गर्नुहुने विनोद चापागाई , कुल बहादुर बस्नेत रवी र सन्तोस दुलाल लाई सम्मान गरीएको थियो ।













