दमक/अहिले पूर्व महोत्सवमय बनेको छ । बिभिन्न ठाँउमा बिभिन्न प्रकारका महोत्सवहरु भइरहेकाछन् । यसबैक्रममा एउटा फरक महोत्सव लखनपुरमा आयोजना शुरु भएको छ । उज्यालो बाल क्लवको आयोजनमा लखनपुर १ को आदिबासी रंगशालामा प्रथम राष्ट्रिय बाल महोत्सव शुरु भएको हो । महोत्सव फरक रुपमा उद्घाटन गरिएको छ । महोत्सव कार्यक्रम उद्घाटन शिक्षा मन्त्री धनिराम पौड्यालले गरे । उनले बिद्यार्थीले बनाएको रकेट उडाएर महोत्सवको उद्घाटन गरेका हुन् । शशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरको सामुन्ने भएको कार्यक्रमा मन्त्री पौड्यालले स्वीच दबाएपछि रकेट केहि पर गएर भूइमा झरेको थियो । शसस्त्र क्याम्प अगाडि महोत्सव स्थलमा यसरी रकेट उड्दा आफै क्षेत्रका बिद्यार्थी र बालबालिकामा पनि प्रतिभा रहेछ भन्ने प्रमाणित भएको बताईएको छ । मन्त्री सहित आयोजकका केहि ब्याक्तिको कपडामा हिलो लागेको थियो । रकेट उड्दा सबैले तालि पिटेका थिए । ५ दिनसम्म चल्ने महोत्सवमा रकेट बनाउने र त्यसलाइ उडाउने प्रतियोगिता नै हुने बताईएको छ । आयोजक समितिका संयोजक सन्तोष भण्डारीका अनुसार महोत्सव स्थलमा रकेट निर्माण र उडाउने तरिका यहाँ बिद्यार्थी तथा बालबालिकाले सिक्न पाउनेछन् । भब्य रुपमा महोत्सव शुरु भएको छ । बिज्ञान प्रदर्शनी यहाँको प्रमुख आकर्षण बन्न शुरु गरेको छ । यसका साथै सास्कृतीक कार्यक्रम र बिभिन्न बौद्धिक ब्याक्तिहरुको उत्प्रेरणात्मक भाषण पनि यहाँ आकर्षण हुनेछन् । स्टलहरु थामिनसक्नु भिड रहेको बिद्यार्थी तथा बालबालिका उत्साहित भएर आएको आयोजक क्लवकी अध्यक्ष टेलिना खनालले जानकारी दिइन् । उनले महोत्सवमा सहभागिता जनाउन र सम्पूर्ण बिद्यार्थी तथा बालबालिकाहरुलाई ल्याइदिन आग्रह गरेकीछन् ।
लखनपुरको शशस्त्र प्रहरी क्याम्प अगाडि रकेट झर्यो
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

लखनपुरको शशस्त्र प्रहरी क्याम्प अगाडि रकेट झर्यो
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



