सावित्री सुबेदीको राज्यलाई  प्रश्न 

नेपाली पक्षलाई भारतीय पक्षले किन सहज व्यवहार गर्दैन्?

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतले किन अाफ्नो फाइदाको कुरा मात्र गर्छ?

भारतले किन नेपालीको अान्तरिक मामिलामा अनावश्यक हस्तक्षेप गरिरहन्छ?

के नेपाल सधैं भारतीय पक्षबाट हेपिन अभिशप्त छ?

के नेपाल अाफ्ना नीति स्वतन्त्रतापूर्वक निर्धारण गर्न सक्षम छैन् ?

देशको नागरिकता नीति तय गर्दा भारतीय पक्षले अनावश्यक चासो किन लिन्छ?

नेपालमा कस्ता खालका प्रान्त बनाउने भन्ने कुरा नेपालीको नितान्त अान्तरिक मामिला हो भन्ने कुरा भारतीय नीति निर्माताहरुलाई कसले बुझाईदिने?

देशको अाकारले राष्ट्रिय स्वाभिमानको तय हुदैन भन्ने कुरा भारतीय नीति निर्माताहरुलाई कसरी बुझाउन सकिन्छ ?

नेपालीको सिमा व्यवस्थापन किन यति फितलो छ?

नेपालमा जुनसुकै पार्टी वा शक्तिका सरकार अाए पनि उनीहरू भारतसँग सुमधुर सम्बन्ध राख्न लालयित नै रहन्छ तर, किन नेपालको सरकार परिवर्तनमा भारतीय पक्ष खुलेर मैदानमा उत्रिन्छन्?

के नेपाली पक्षले भारतीय पक्षलाई अाफ्नो अडान कायम राख्दै विश्वासमा लिन सक्दैन ?