दमक/माघ २५ - यो हप्ता बिद्यार्थी जीबन र नयाँ शिक्षामा बहस गर्दा दूइवटा राम्रा कुरा देखिए । त्यो एउटा रहेको थियो दमक बहुमुखि क्याम्पसमा भएको बिज्ञान प्रदर्शनीमा राष्ट्रिय झण्डा सहितको ड्रोनको चमत्कारीक उडान र लखनपुरको बाल महोत्सवमा रकेटको प्रदर्शनी । हामी नयाँ शिक्षा र प्रविधियुक्त शिक्षाको बहस गरिरहेका छौ । त्यो बहस यहाँ थिएन, बहसभन्दा माथि प्रयोगात्मक नै देखाइएको थियो । दमक क्याम्पसमा ड्रोन उडाएर बिज्ञान प्रदर्शनी शुरु भयो र लखनपुरमा रकेट प्रहारबाट कार्यक्रमको औपरिक उद्घाटन भयो । यो बिद्याँर्थीहरु आफैले बनाएका थिए । आफैले परिश्रम गरेका थिए । आफैले सामाग्रिहरु जुटाएका थिए । यो चानचुने बिषय हो जस्तो लाग्दैन किनकी यो कामका लागि धेरै सीप र ज्ञानको खाँचो छ । यसले एउटा पुष्टि गरेको छ हाम्रा बिद्यालय तथा क्याम्पसमा पढ्ने बिद्यार्थीहरु सक्षम बन्दैछन् । समय सापेक्ष रुपमा प्रविधिमा अब्बल दरिदैछन् । लखनपुरमा रकेट उडदा र दमकमा ड्रोनको चमत्कार देख्दा नयाँ शिक्षाको झल्को दिएको छ । यहि प्रतिभाहरुछन् भन्ने देखाएको छ । यी प्रतिभाहरुलाई थप हौसला र प्रात्साहन आवश्यक छ । यसमा सम्बन्धित बिद्यालय, क्याम्पस, अभिभावक सबैले ध्यान दिएर उनिहरुलाई अघि बढ्न हौसला दिनुपर्छ ।
लखनपुरमा रकेट र दमकमा राष्ट्रिय झण्डा सहित ड्रोन उड्दा..
सवाल नेपालसंवाददातामंगलबार, २३ माघ २०७३

लखनपुरमा रकेट र दमकमा राष्ट्रिय झण्डा सहित ड्रोन उड्दा..
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



