आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस ६ गते,शुक्रबार,इश्वी सन् २०१८ डिसेम्बर २१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलाथ्व,मार्ग शुक्लपक्ष,तिथि– चतुर्दशी, २५:४८ बजेउप्रान्त पूर्णिमा,नक्षत्र– रोहिणी, २५:३७ बजेउप्रान्त मृगशिरा,योग– साध्य, १६:४७ बजेउप्रान्त शुभ,करण– गर, १४:२९ बजेदेखि वणिज, २५:४८ बजेउप्रान्त भद्रा,आनन्दादिमा मित्र योग,चन्द्रराशि– वृष, सूर्योदय– ६:५२ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २५ घडी ५० पला। व्रत/पर्व-काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध,नुवाकोटमा दुप्चेश्वर मेला,पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक लामो रात्रि। मकरमा सायन सूर्य २७:५५ बजे प्रवेश।

भोलिको- पञ्चाङ्ग

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नजिकका साथीभाइ टाढिनेछन् भने टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेम र मित्रताको बन्धन कसिने बेला छ,काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ,आजको शुभ अंक ६ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, उत्साहजनक समाचार सुन्न पाइनेछ, कामको दायित्व बढ्नेछ,आजको शुभ अंक ९ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ, घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ,लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्,आजको शुभ अंक ८ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ,काममा लगानी बढाउन सकिनेछ,कृषि तथा पशुधनबाट विशेष फाइदा पुग्नेछ,विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला,आजको शुभ अंक २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ,खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,भौतिक साधन समेत जुट्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
मान–सम्मान वा पद–प्रतिष्ठा पाइने समय छ,उद्योग–धन्दामा विशेष सफलता पाइनेछ,बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला, उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ, आजको शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
टाउको दुखाइ वा आँखाको समस्याले भने सताउन सक्छ, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,शत्रु र रोगबाट पनि छुटकारा मिल्नेछ,आजको शुभ अंक ११ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
ठूलो आशा देखाएर ठगी गर्नेहरूले पनि सताउन सक्छन्,मेहनतले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन्, समाजमा कीर्ति बढ्ने काम पनि सम्पादन होला,आजको शुभ अंक ३ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिवारजनमा आत्मीय भाव र विलासिता बढ्नेछ,धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला मिल्नेछ,सजग रहनुहोला,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला, आस मारेको काम बन्नाले उत्साह भने जाग्नेछ,आजको शुभ अंक १० रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, पारिवारिक असमझदारीले केही समस्या आउन सक्छन्,आजको शुभ अंक ४ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah