वि.सं. २०७५ साल पुस ९ गते,सोमबार,इश्वी सन् २०१८ डिसेम्बर २४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– द्वितीया, २०:०९ बजेउप्रान्त तृतीया, नक्षत्र– पुनर्वशु, २१:५६ बजेउप्रान्त तिष्य,योग– ब्रह्म, ८:४८ बजेदेखि ऐन्द्र, २९:५६ बजेउप्रान्त वैधृति,करण– तैतिल, ९:१४ बजेदेखि गर, २०:०९ बजेउप्रान्त वणिज,आनन्दादिमा धुम्र योग, चन्द्रराशि– मिथुन, १६:१९ बजेउप्रान्त कर्कट सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २५ घडी ५० पला। सर्वार्थसिद्धि योग २१:५६ बजे प्रारम्भ।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १० गते,मंगलबार,इश्वी सन् २०१८ डिसेम्बर २५ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– तृतीया, १७:५२ बजेउप्रान्त चतुर्थी,नक्षत्र– तिष्य, २०:२० बजेउप्रान्त अश्लेषा,योग– वैधृति, २६:३८ बजेउप्रान्त विष्कम्भ,करण– वणिज, ७:०१ बजेदेखि भद्रा, १७:५२ बजेपछि वव, २८:४१ बजेउप्रान्त वालव,आनन्दादिमा प्रवर्द्धमान योग,चन्द्रराशि– कर्कट,सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१४ बजे र दिनमान २५ घडी ५० पला। कृष्ण प्रणामी महाराज छत्रशालको धामगमन भएको दिवस। सर्वार्थसिद्धि योग २०:२० बजे प्रारम्भ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकसाथ अनेक कार्य थालनी गर्न सकिनेछ,रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ, काममा लगानी बढाउन सकिनेछ,शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ६ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
टाढाका साथीभाइसँग मित्रता बढ्नेछ,ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्, वारीमा समेत सावधानी अपनाउनु पर्नेछ,स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ,आजको शुभ अंक १० रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
व्यापारमा भने कम मात्र फाइदा होला, पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ,आजको शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्ने चेष्टा गर्नेछन्, सजिलै काम बन्नाले उत्साह जाग्नेछ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,आजको शुभ अंक २ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरमा मंगलमय कार्य सम्पादन हुनेछ, मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ, परिवारजनसँग आत्मीयता बढ्नेछ, शोख पूरा गर्नमा खर्च हुनेछ,तापनि,मौकाको फाइदा लिन सकिनेछ,आजको शुभ अंक ८ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ,धैर्यले काम लिने समय छ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ,धैर्यले काम लिँदा प्रतिस्पर्धीलाई उछिन्न सकिनेछ,भूमि तथा मातृधनबाट लाभ लिने समय छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक पक्षमा उन्नति भए पनि आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, भाग्यले नसोचेको फाइदा समेत दिलाउन सक्छ,आजको शुभ अंक ३ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ,केही दण्ड–जरिवाना पनि सम्भावना छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,दाम, नाम, इनाम हात पर्ने बेला छ,श्रमको उचित मूल्यांंकन होला,आजको शुभ अंक ४ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ,सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला, व्यवसायका लागि यात्रा सम्भावना छ,आजको शुभ अंक ११ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बन्धुबान्धव तथा गुरुजनबाट अलि टाढिनुपर्ला,उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुने समय छ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,प्रतिष्ठित काम गर्ने मौका छ,आजको शुभ अंक ९ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सजग रहनुहोला,लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला, आय आर्जन पनि राम्रै हुनेछ,सामाजिक कामको दायित्व बढ्नेछ, काममा मातापिताको सहयोग प्राप्त होला,आजको शुभ अंक १ रहेको छ।
दिब्य ज्योतिष बाट



