यतीका धेरै पिडा उसको मनमा छ । उ हाँसीरहन्छ । फेसबुकका भित्ताहरुमा आफ्ना खुशीका झणहरुलाइ मात्र व्यक्त गरिरहन्छ । उसलाइ सलमान खान खुव मन पर्छ । जहिले पनि सलमान खानको स्टाइलमा हामीसँग कुरा गथ्र्यो र फेसबुकमा फोटोहरु राखिरहन्थ्यो ।

बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा अहिले पनि उसको बुवा सिलाइको काम गर्नुहुन्छ । ऊ हिरो बन्ने रहरमा दिल्ली गइरहन्थ्यो तर महेन्द्रनगरमा ऊ रेडियो पत्रकार बन्यो । मेरो पनि त्यही भेट भएको हो ।

हामी ८,१० जनाको रातदिनको मेहनतले शुक्लाफाँटा एफएम खडा भयो । धिरेन्द्र सिनालको २०६८ सालमा प्रेम विवाह भयो । सोनु गौडसँग । धिरेन्द्रको आवाज रेडियोमा सुन्दा सुन्दै सोनुको ऊसँग मायाप्रेम बसेको रहेछ । सोनु साच्चै देख्दा र व्यवहारमा सुन झै सुनौली थिइन् । धिरेन्द्रलाई कसरी पत्याइन् थाहा छैन । हामी साथीहरु मजाक पनि गथ्र्यौ । धिरेन्द्रले हरेक पिडा भोगेको थियो जीवनमा ।

सबैभन्दा पहिले दलित हुनुको पिडा धेरै भोग्यो । जव गाँउमा रिपोर्टिङ गर्न जान्थ्यो त्यो बेला उसलाइ वास मिल्थ्येन । उसलाइ सारै चित्त दख्थ्यो । त्यसमा उसलाइ एफएमबाट पनि दलित भएकै कारण हेपिएको कुरा उसले हामीसँग व्यक्त गरिरहन्थ्यो । तर हामीसँग कहिले पिडा व्यक्त गर्थेन ।

उसको फर्किदै गरेको उसको प्रेम २०६८ सालमा सफल भयो । सोनु र धिरेन्द्रले विवाह गरे तर दलित भित्र पनि धनी ,गरिव अनि जातको विवाद थियो । सोनु पनि दलित समुदायकी थिइन् । धिरेन्द्रलाइ आफुले माया गरेको केटी पाँउदा जीवनको सबैभन्दा ठुलो युद्ध जिते जस्तै लाग्थ्यो । ऊ खुशी थियो ।

रेडियोमा पनि उत्साहका साथ काम गरिरहेको थियो । सोनुको सुनौलेपनले झन सुगन्ध थपियो । सोनु दुइ जीउकी भइन् । दुवै जना आफ्नो मुटुको टुक्राको पर्खाइमा थिए । साच्चै सोनुको आगमनले धिरेन्द्रको जीवनमा निकै उमङ्ग छायो ।तर एक दिन सोनु एक्कासी ढलिन् । धिरेन्द्रको जीवनमा खुशीको पलहरु केही महिना मात्रै टिक्यो । सोनुलाइ प्रिस्क्लापिया (Preeclampsia) भयो ।

महेन्द्रनगरमा उपचार सम्भव थिएन । धनगडी लगियो तर त्यहाँ नि नसके पछि दिल्ली लगियो तर सोनुको गर्भम हुर्किदै गरेको शिशुको ज्यान बचाउन सकिएन । बल्लतल्ल सोनुको ज्यान बच्यो । सोनुलाइ लामो समय आइसियुमा राखियो । केही महिना पछि उनी बाच्न सफल भइन तर कहिले पनि उनले आफ्नो गर्भमा सन्तान हुर्काउन नपाउने खवरले फेरी स्तव्ध भइन् । सोचेको थियो होला ।

सोनुको साथमै हाँस्न पाए हुन्थ्यो । सोनुकै साथमा रुन पाएहुन्थ्यो तर यि मध्ये अहिले केही गर्न सक्दैन ऊ । हाँस्न खोज्दा पिडाले हाँस्न दिदैन उनीहरुलाई । रुन खोज्दा सोनुको आँखामा आँसु आउछ भनेर रुदैन । धिरेन्द्र बिच बिचमा भन्थ्यो । सारै अप्ठ्यारो भयो । कहाँबाट खर्च जुटाउनु ।

तर पनि धिरेन्द्रले ४ वर्ष सोनुको उपचार गर्यो । १५ दिनमा एक पटक दिल्ली जान्थ्यो । सोनलाई आशाका किरण देखाउथ्यो । बिच बिचमा काठमाडौँ पनि ल्याउथ्यो । उसको ऋण यती बढ्दै गयो कि पत्रकारिताको जागिर छोडेर अहिले संस्थामा काम गरिरहेको छ । तर त्यो संस्थाको पनि समयाअवधी सकिदैछ ।

सोनुको स्वास्थ्य सोधीरहन्थेँ । कर्ण बोहोराको मृत्युले धिरेन्द्र निकै बिचलीत भएको थियो । सोनु पनि डराएकी थिइन् । उसले आफ्नो तुलना कर्ण बोहोरासँग गरिरहेको थियो । कही आफ्नो यस्तो अवस्था त आउने होइन ।

धिरेन्द्रले अहिले सापटी तिर्ने पैसा यती भैसक्यो कि उसको जागिरले बाचुञ्जेल तिर्न मात्रै पुग्छ । मसँग भेट हुँदा सोनुका कुरा र पिडा व्यक्त गरिरहन्थ्यो । उसलाई धेरै सहयोग गर्नसकेको थिएन तर पनि सानो सहयोग गर्दा पनि उसले हुने वित्तिकै फर्काउथ्यो । धिरेन्द्र र सोनुले लाँउलाँउ, खाँउखाँउ उमेरमा भोगेको अवस्था देख्दा कहिलेकाहीँ आफैलाई विरक्त पनि लाग्थ्यो । आखिरमा पैसा सबैभन्दा ठुलो कुरा हो त ? ‘मरेर मात्रै समस्या समाधान हुँदैन । कर्ण बोहोरा आफु मरेर आफ्नी ममतालाई जीवन दिएर गए । आर्थिक अभाव नै थियो ।

म बाचेर (धिरेन्द्र) बाचेर सोनुको जीवन बचाउने प्रयास गरिरहेको छु । हेँरौ सकुञ्जेल बचाउछु । जानु परेसँगै जान्छौँ ।’ थहा छैन एकपछि अर्को यि खवरहरुले के देखाउन खोजेको हो तर साँच्चै तिमीले ४ वर्ष देखी एउटा पनि पिडा नदेखाएर अहिले सम्म सोनुलँइ बचाएकै हो । पुष २८ गते धिरेन्द्रसँग कुरा भयो ।

धिरेन्द्रले भन्यो ‘सोनुलाइ बचाउन गारो भयो । म हारे’ । मलिन स्वर आयो । धिरेन्द्रका शव्दका संसार रमाइला तर घत लाग्दा थिए । सायद पत्रकार भएको कारणले पनि होला शव्दसँग खेल्थ्यो । जीवन र मृत्य । सोनुको रोग । धिरेन्द्र र सोनुको प्रेम । सबै अधूरो । अपुुरो जाने भयो ।

अचानक उसले सोनुलाइ बचाउन सहयोगको अपिल गरिरहेको छ । भनिरहेको छ । अब सोनुलाई बचाउन गारो भयो । उसको दुवै किड्नी फेल भैसक्यो । डाक्टरले किड्नी प्रत्यारोपण गर्नुपर्छ भनेको छ । कसरी बचाउ सोनुलाइ ?’

धिरेन्द्र र सोनुको जोडी ।

 

फोटो सभारः धिरेन्द्रको फेसवुकबाट ।

halkaro.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah