आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १२ गते,बिहीबार,इश्वी सन् २०१८ डिसेम्बर २७ तारिख, शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– पञ्चमी, १३:०९ बजेउप्रान्त षष्ठी, नक्षत्र– मघा, १७:०० बजेउप्रान्त पूर्वफाल्गुनी,योग– प्रीति, २०:२१ बजेउप्रान्त आयुष्मान्, करण– तैतिल, १३:०९ बजेदेखि गर, २४:०१ बजेउप्रान्त वणिज,आनन्दादिमा मुसल योग, चन्द्रराशि– सिंह,सूर्योदय– ६:५४ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २५ घडी ५१ पला।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १३ गते,शुक्रबार,इश्वी सन् २०१८ डिसेम्बर २८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– षष्ठी, १०:५५ बजेउप्रान्त सप्तमी,नक्षत्र– पूर्वफाल्गुनी, १५:२८ बजेउप्रान्त उत्तरफाल्गुनी, योग– आयुष्मान्, १७:१९ बजेउप्रान्त सौभाग्य,करण– वणिज, १०:५५ बजेदेखि भद्रा, २१:५१ बजेउप्रान्त वव,आनन्दादिमा सिद्धि योग, चन्द्रराशि– सिंह, २१:०७ बजेउप्रान्त कन्या,सूर्योदय– ६:५५ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २५ घडी ५१ पला।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ, मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,आजको शुभ अंक ५ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,सुखद समाचार सुन्न पाइनेछ,स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ,व्यापारमा भने कम मात्र फाइदा होला,आजको शुभ अंक ११ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
व्यापारलगायत आर्थिक लाभ हुने काममा धेरै समय बित्नेछ,ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,काममा लगानी बढाउन सकिनेछ,आजको शुभ अंक ६ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उत्साहमा अलि कमी आउला,अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,प्रतिष्ठित काम गर्ने अवसर पाप्त हुनेछ,अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आजको शुभ अंक ४ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विभिन्न सहयोग र उपहार पाइनेछ,आयआर्जन पनि राम्रै हुनेछ, अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ,रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ,हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,आजको शुभ अंक ७ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ,चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ,धैर्यले काम लिने समय छ,वारीमा समेत सावधानी अपनाउनुपर्नेछ,आजको शुभ अंक १० रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आवश्यकता भन्दा बाध्यताका विषयमा खर्च हुनेछ,कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला,काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्,परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ,आजको शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,महत्वाकांक्षी योजना फलीभूत होलान्,काममा मातापिताको सहयोग प्राप्त होला,भूमि तथा मातृधनबाट लाभ लिने समय छ,आजको शुभ अंक १० रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ,उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ला,काममा मातापिताको सहयोग प्राप्त होला,फजुल खर्च बढ्न सक्छ, सचेत रहनुहोला,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्म–विश्वास बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ, पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ, तार्किक क्षमता बढ्नेछ,विशेष सभा–समारोहमा भाग लिने मौका छ,मानसम्मान पाइनेछ,सजिलै काम बन्नाले उत्साह जाग्नेछ,आजको शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ,मन पर्ने वस्त्र,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ९ रहेको छ। दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah