२६ माघ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री लालबाबु पण्डितले सरकार संविधान कार्यान्वयनमा नलागि आत्महत्याको बाटोमा सरकार अग्रसर भइरहेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व मन्त्री पण्डितले सरकार निर्वाचनमा जान डराएर आत्महत्याको बाटोमा गइरहेको बताउनुभयो ।

सरकारमा रहेका शक्तिहरु निर्वाचनमा जान थरथर कामिरहेको बताउँदै उहाँले संविधान कार्यान्वयनमा समस्या उत्पन्न हुने खतरा बढिरहेको बताउनुभयो । निर्वाचनको हल्ला गरेर निर्वाचन नगर्नको निम्ति हल्ला चलाएको हो भने त्यो गलत हुने बताउनुभयो । सरकारले जेठसम्म स्थानीय निकायको निर्वाचन गर्न सकेन भने सरकारको औचीत्य समाप्त हुने उहाँले बताउनुभयो ।

निर्वाचन गर्न नसके सत्ताधारी राजनीतिक पार्टीहरुको सत्तामात्रै ढल्ने नभई ती राजनीतिक पार्टी पनि जनताको बीचबाट समाप्तिको बाटोतर्फ लाग्ने बताउनुभयो । उहाँले चुनाव गर्न र संविधान कार्यान्वयन गर्न घुट नकमाउन सरकारलाई आग्रहसमेत गर्नुभयो ।

नेपालका मूख्य राजनीति शत्तिहरु एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउँदै उहाँले  विपक्षी राजनीतिक दलहरु सबैभन्दा छिटो संविधान कार्यान्वयनको मुल कटी निर्वाचनमा प्रवेश गर्न चाहादा पनि सरकार भने निर्वाचन गर्न आलटाल गरिरहेको आरोप लगाउनुभयो ।

सरकारमा गएपछि सरकारको तागतले चुनाव जित्छु भनेर सरकारमा लालहीत हुने गरेको विगतको अवस्था ठिक उल्टो भएको छ, उहाँले भन्नुभयो, सत्ताधारी चुनावबाट भाग्ने र विपक्षी चुनावमा जान तयार हुने अवस्था आएको छ ।

संविधान कार्यान्वयन भएनन् भने देशले संवेधानीक, राजनीतिक संकटपूर्ण अवस्था सामाना गर्नुपर्ने बताउँदै उहाँले यदि त्यस्तो अवस्था आए त्यसको मुख्य जिम्मेवार सत्ताधारी राजनीतिक दल नै बन्नुपर्ने बताउनुभयो । त्यो अवस्थामा ती दलहरु यही अवस्थामा रहन्छ रहँदैन त्यो फैसला जनताले गर्नेछन्, उनले भने ।

देश विभाजनको मुख्य अगुवाको घोडा बनेर कतिपय राजनीतिक पार्टी हिडिरहेका छन्, उहाँले भन्नुभयो, नेपाली जनतालाई विश्वास छ कि नेपाली जनताको अभिमतले नै देश टुक्राउन खोज्ने, अरुको घोडा बनेर हिड्ने अनि माकुराको जालोजस्तै विष छदै हिड्ने ती घोडाको पनि टांग अर्थात घुटटा भाचिदिने छन् । विषपूर्ण जालोलाई पनि च्यातीदिने छन् र सुनौलो राजनीतिक स्थायीत्वसहितको भविष्यको निर्माण गर्नेछन् ।

संविधानलाई सम्मृद्ध बनाउँदै अगाडि बनाउनु पर्नेमा जोड दिर्दै नेपाली जनताको नयाँ पहिचानको निम्ति हामी गलत मान्यतालाई स्वीकार नगर्ने बताउनुभयो । दुई छिमेकी राष्ट्रलाई सहयोगको आशा र अपेक्षा गर्दै संविधान कार्यान्वयनमा सहयोग गर्न आह्वान समेत गर्नुभयो ।

संविधान कार्यान्वनमा अवरोध सृजना गर्ने शक्ति नेपालको दुश्मन हुने उहाँले बताउनुभयो । कसैसँग दुस्मनी साँधेर नेपाललाई कमजोर बनाउने शक्ति नै नेपालका दुस्मन हुन् चाहे ती देशभित्र वा बाहिरका हुन्, उहाँले भन्नुभयो ।

हामी कसैसँग दुस्मन गर्न चाहाँदैन् तर कसैले दुस्मन लाद्छ भने हामी हाम्रा टाउका निउराएर लुरुलुरु उनीहरुको कुरा मान्न तयार छैनौ, उहाँले भन्नुभयो ।

हामी आफ्ना कुरा गर्न र लागू गर्न तयार रहेको र संविधान नेपाली जनताको निम्ति, सम्बृद्धि, शान्ति र विकासको निम्ति भएकाले संविधानका विषयमा अनावश्यक चासो नराख्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah