शिक्षामा भएका लगानीको आधारमा प्रतिफल लाजमर्दो भयो । बिद्यालयमा राजनीति लाजमर्दो भो । बिद्यार्थीको अनुशासन लाजमर्दो भो । प्रधानअध्यापक भन्दा शिक्षक ‘पावरफूल’ लाजमर्दो भो । राजनीतिले ब्यवस्थापन समितिको गठन लाजमर्दो भो ।

दमक/झापामा एकसय ५० भन्दा शिक्षकहरु प्रत्यक्ष रुपमा राजनतिमा सक्रिय रहेकाछन् । उनिहरु राजनतिक दलहरुको जिल्ला स्तरको, गाँँउ स्तरको र नगर स्तरको पदाधिकारी तथा सदस्यहरु नै रहेकाछन् । बिद्यालयलाई राजनीतिमुक्त मुखमा मात्र छ ब्यवहारमा छैन । झापामा आएर शिक्षा मन्त्री धनिराम पौड्याल अबको शिक्षा गरिबहरुका लागि मात्र भनेन् राजनीति गर्ने शिक्षकलाई कार्वाही पनि गर्ने बताए । लखनपुर भइरहेको बालमहोत्सव उद्घाटनमा त्यो कुरा भनिरहदा शिक्षकहरु मुसुमुसु हासिरहेका थिए । जो राजनीतिमा सक्रिय छन् र शिक्षकलाइ जागिर मानेर पेशाले राजनीति गर्छन् ।
झापा जिल्ला राजनीतिक हिसावले अब्बल मानिन्छ र नै यस्तो भएको हुनुपर्छ । बिद्यार्थीहरुलाई नेता बनाउनका लागि नेता आफै शिक्षक बनेका होलान् । राजनीतिमा लागेपछि न जिल्ला शिक्षा अधिकारीले केहि भन्न सक्छन् न त श्रोत ब्याक्तिले नै । शिक्षा मन्त्रीले कार्वाही गर्ने त बताए तर उनले कार्वाही गर्न सक्छन् ? अहिले सबैभन्दा सजिलो र धेरै तलव भएको पेशा शिक्षकको जागिर देखेकाछन् धेरैले । कति सजिलो छ त्यो त यो पेशा गर्नेलाई नै थाहा होला ।
घरमा बिहान र बेलुकाको काम भ्याउने, बिद्यालय समयमा राजनीति गर्न भ्याउने, बिद्यालयमा समय दिन नसकेपछि बिद्यार्थीलाई ट्यूशन बोलाएर तलव भन्दा बढि पैसा पनि लिन पाउने । यो सबैमा लागु हुदैन तर प्रवृतीगत देखिएको कुरा यहि हो । मैले यहि देखेको छु । जे देखेको छु त्यो लखेको छु । राजनीतिमा सक्रिय रहेको शिक्षकले प्रधानअध्यापकलाइ टेर्दैन अनि कसरी त्यो शिक्षकले राम्ररी समयमा आएर पढाउछ होला ?
आफ्नो छोराछोरीको पढाइमा जस्तै सामुदायिक बिद्यालयमा आएका बिद्यार्थीहरुले पढाइमा ध्यान दिएर पढाएकाछन् त ? यो गम्भिर प्रश्न बारम्बार उब्जन्छ । धोरैले यसो गरेका होलान् तर धेरैले छैनन् । म सम्मान गर्छु शिक्षकलाई किनकी मलाइ यो लेख्न आउने बनाउने पनि आदरणिय शिक्षकहरु नै हुन् । अहिले ३ कक्षा पढ्नेलाइ पुरै कख ज्ञ सम्म आउदैन । उसको कापी हेर्यो भने बर्षमा एउटा कापी भरिएको हुदैन तर दोष सरकारलाइ दिइन्छ हामी आफूलाई कहिल्यै हेरिदैन ।
आखिर बिद्यालय समयमा शिक्षकहरुले बिद्यार्थीलाई आफ्ना छोराछोरी ठानेर पढाउन सकिदैन ? आस्था त हुन्छ पार्टीको तर कमिटी सक्रिय नहुदा हुदैन ? देउसी खेलेजस्तो अर्को क्याम्पस वा नीजि बिद्यालय पढाउनका लागि हतारो नगर्दा हुदैन ? बालबालिकाको भबिष्यको बिषमा चिन्ता प्रकट गरेर पढाउदा हुदैन ? यस्तो गरेको पाइदैन । आखिर मैले जे देखे त्यहि लेखे । यो भएको मैले देखिन । यसको उल्टा देखे ।
शिक्षामा भएका लगानीको आधारमा प्रतिफल लाजमर्दो भयो । बिद्यालयमा राजनीति लाजमर्दो भो । बिद्यार्थीको अनुशासन लाजमर्दो भो । प्रधानअध्यापक भन्दा शिक्षक ‘पावरफूल’ लाजमर्दो भो । राजनीतिले ब्यवस्थापन समितिको गठन लाजमर्दो भो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah