कोरियामा फेरि एक नेपाली युवाको उपचारको क्रममा बिहिबार निधन भएकोछ । चुङ्गनाम प्रान्तको होङसङ गुन स्थित एक बङगुर फार्ममा कार्यरत ३४ बर्षे युवा योगेन पयाँगु लिम्बुको निधन भएकोछ। तेह्रथुम म्याङलुङ नगरपालिका १० निवासी लिम्बु ३० महिना अघि ईपिएस मार्फत कोरिया आएका थिए।

मृतक लिम्बु केहि महिना देखि नै डाइबिटिजको औषधि खादै दिए । केहि दिन देखि सास फेर्न केहि गाह्रो, पिसाब पनि हल्का रातो र दिशा पनि केहि कालो देखिएपछि स्थानिय अपस्तालमा देखाउदा अल्लि ठुलो अस्पताल होङ्गसनमा रिफर गर्यो । होङ्गसङबाट पनि हिजो बुधबार छनान स्थित एक अस्पतालमा रिफर गर्यो । रगत दिशा पिसाब एमआरआइ सबै चेक गर्दै गर्दा आज बिहान इमरजेन्सीबाट साधारण वार्डमा सारेको थियो । सामान्य नै थिए । अचानक थरर काप्नु भयो ढल्नु भयो । केहि समय पछि मुटुले काम गर्न छोड्यो । मृत्य भयो भने डाक्टरले । संगै काम गर्ने पवन लिम्बुले फोनिज कोरियालाई बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृत्युको दुखद खबर नेपाली दुताबास कोरियाका श्रम सहचारी डिल्लीराम बास्तोलालाइ जानकारी गराइ सकेको संगै काम गर्ने साथी पवन लिम्बुले बताएका छन् ।

घटनाको जानकारी प्राप्त भएकोछ । कन्सुलर बिभाग, इपियस शाखा र परिवारलाई पत्र मार्फत जानकारी गराई सकेको श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए । आवश्यक प्रक्रिया पुरा गरि छिटो भन्दा छिटो मृतकको लाशलाई नेपाल पठाइने श्रम सहचारी बास्तोलाले बताए।

मृतक लिम्बु बिबाहित तथा एक छोरी समेत रहेको बुझिएको छ। केहि समय पछि छुट्टिमा नेपाल जाने तयारी गरेका लिम्बुको दुखद मृत्यु भयो । अहिले मृतकको लाशलाई होङ्गसङ्गको लाश घरमा राख्नको लागी लगिदै गरेको कुरा पवन लिम्बुले बताए। दक्षिण कोरियामा आत्महत्या, सुतेकै अवस्थामा मृत्य हुने, औधोगिक दुर्घटना र बिभिन्न रोगका कारण मृत्यु हुने दर बढि रहेकोछ। बिभिन्न सचेतनामुलक कार्य गर्दा पनि मृत्यु दर घटाउन नसकिएको गुनासो श्रम सहचारी डिल्लीराम बास्तोलाले बताए। source:fonijkorea.net