गुरुदत्त न्याैपाने/शाैल

बिगतका बर्षहरूमा जस्तै यस बर्ष पनि जनवरी १ अर्थात अंग्रेज़ी नयाँ बर्षका दिन नेपाली रास्ट्रीय टोपी दिवस तथा 'नेपाल भ्रमण बर्ष २०२०' सङ्ग सम्बन्धित रहेर पर्यटन प्रबर्द्धनका निमित्त, बिदेशीहरुलाई नेपाल जाने निम्तो दिनकाे लागी नेपाल चिनाउने (अभियान) कार्यक्रम हुने भएको छ।एम.अार.अार काेरियाकाे संयोजकत्वमा रहने उक्त कार्यक्रममा नेपाल पर्यटन बोर्ड कोरिया,नेपाली विद्यार्थी समाज कोरिया (Sonsik)को साथै स्वतन्त्र रास्ट्रप्रेमी नेपालीकाेसहयोगमा कोरियामा रहेका नेपालीहरुकाे उपस्तिथिमा सफल र व्यापक बनाउने योजनाको साथ तयारी गरीएको कार्यक्रम आयोजकका सदस्य विश्व श्रेष्ठले बताउनुभयाे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय प्रहरी बाट स्विकृती लिइ आयोजना हुने उक्त कार्यक्रम सौल स्टेसन बाट नामसान टावर(सउल टावर) सम्म पदयात्रा गरि समापन हुने आयोजकले जानकारी गराएको छ।नेपालका बिभिन्न सुन्दर तथा मनाेरम पर्यटकिय क्षेत्रहरुकाे बारेमा जानाकारी गराईएकाे पर्चा,पम्लेट साथै ब्रसरहरु पनि बितरण गरिने कार्यक्रम रहेकाे छ।उक्त कार्यक्रममा रास्ट्रीय पहिचान झल्किने खालका पोसाक तथा सामाग्रीहरू सहित उपस्थित भईदिनु हुन कोरियाबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई एम.अार.अार काेरियाले अाह्वान गरेकाे छ।

साथै उक्त कार्यक्रम कुनैपनि राजनैतिक दल,भातृ संगठन तथा जातजाती बिशेस नभई समग्र देशकाे पर्यटन संग सम्बन्धित रहेकाेले स्वतन्त्र रास्ट्रप्रेमी युवाहरुले अायाेजना गरेकाे उक्त कार्यक्रममा उपश्थितीकाे लागी निमन्त्रणा गरियकाे कार्यक्रम अायाेजक सदस्य सन्ताेस सिग्देलले जानाकारी दिनुभयाे।

कार्यक्रम शुरु हुने स्थान:सउल स्टेशन

समय:दिनकाे १२ बजे

मिती: जनवरी ०१