आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १६ गते,सोमबार,इश्वी सन् २०१८ डिसेम्बर ३१ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– दशमी, २८:२७ बजेउप्रान्त एकादशी,नक्षत्र– चित्रा, १२:१९ बजेउप्रान्त स्वाती,योग– अतिगण्ड, ९:२६ बजेउप्रान्त सुकर्मा,करण– वणिज, १६:५७ बजेदेखि भद्रा, २८:२७ बजेउप्रान्त वव,आनन्दादिमा मुद्गर योग,चन्द्रराशि– तुला, सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २५ घडी ५४ पला। दिशिपूजा। सन् २०१८ समाप्ति।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १७ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी १ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– एकादशी, २७:४८ बजेउप्रान्त द्वादशी, नक्षत्र– स्वाती, ११:५८ बजेउप्रान्त विशाखा,योग– सुकर्मा, ७:२२ बजेदेखि धृति, २९:३९ बजेउप्रान्त शूल, करण– वव, १६:०४ बजेदेखि वालव, २७:४८ बजेउप्रान्त कौलव,आनन्दादिमा ध्वज योग,चन्द्रराशि– तुला, ३०:०० बजेउप्रान्त वृश्चिक,सूर्योदय– ६:५६ बजे, सूर्यास्त– १७:१८ बजे र दिनमान २५ घडी ५५ पला।व्रत/पर्व- सन् २०१९ प्रारम्भ,सफला एकादशी व्रत,त्रिपुष्कर योग २७:४८ बजे प्रारम्भ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
धेरै लगानीपछि कममात्र फाइदा हुनेछ, समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला,मन पर्ने वस्त्र,व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ,आजको शुभ अंक ९ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, अरूलाई प्रभावित पारेर काम बनाउने समय छ,आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ,सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ,आजको शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काम बिग्रने डरले पनि सताइरहनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ,आजको शुभ अंक १० रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक जमघटमा मन रमाउनेछ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,शत्रुहरू किनारा लाग्नेछन्,प्रतिस्पर्धामा पनि विजयी भइनेछ,आजको शुभ अंक ३ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ, उत्साहमा अलि कमी आउला,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,धेरैले तपाईंका कामको तारिफ गर्नेछन्,आजको शुभ अंक ८ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,केही दण्ड–जरिवाना पनि सम्भावना छ,जिम्मेवारी भने बढिरहनेछन्,आजको शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक २ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
व्यावसायिक यात्रा सम्भावना छ, स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ,आजको शुभ अंक १ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ,आजको शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पढाइमा प्रगति हुनेछ, आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,अलंकार आदि उपहार पाइने योग छ,आजको शुभ अंक ११ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठूलै फाइदाको आश्वासन पनि पाइनेछ,तर यथार्थमा लाभ भने कमै मिल्नेछ,उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला, हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला,आजको शुभ अंक ५ रहेको छ।
दिब्य ज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah