दमक/झापा दमकका युवा ब्यवसायि सूरज धिमाल युवा पुस्तामा लोकप्रीय ब्यवसायिको रुपमा चिनिन्छन् । दमकमा लामो समयदेखि कम्यूटर ब्यवसाय गर्दै आएका उनि यहाँसम्म आइपुग्नका लागि थुप्रै संघर्ष गरेकाछन् । शुरुमा उनि दमकमा नै अर्काको साइवरमा बसेर काम गर्थे । सधै अर्काको काम गरेर कतिञ्जेल सम्म चल्छ भन्ने उनलाइ लाग्यो र उनि आफ्नै ब्यवसाय गर्ने शुरु बनाए । उनले जानेको र देखेको कम्यूटर नै थियो । यहि कारण उनले यहि ब्यवसाय गर्ने शुरु कसे ।
त्यसपछि २०६४ सालदेखि दमक १३ मा अनलाइन साइवर शुरु गरे । त्यो समयमा साइवर खुबै चल्थ्यो । बिस्तारै सूचना र प्रविधिका कारण साइवरको चल्ति घटन थाल्यो । उनि बैकल्पिक ब्यवसाय बारे सोच्न थाले । उनले जानेको र खेलेको कम्यूटर नै थियो । त्यसपछि उनले सोचे दमकमा कम्यूटरको सप्लायर्स गर्ने । २०६८साल देखि एसएन मार्केट दमक १० मा अनलाइन कम्यूटर सप्लायर्ष शुरु गरे । संगसंगै सर्भिस सेन्टर पनि चलाए । अहिले उनि यसैमा जमेकाछन् ।
अहिले उनि दमकमा राम्रो ब्यवसायिको रुपमा चिनिन्छन् । करिब साढे तीनदशक उमेर खाएका उनले अहिले उर्लाबारीमा सेवा केन्द्र पनि शुरु गरेकाछन् । जसलाइ आफ्नै जिबन संगीनि नेत्रकुमारी धिमालले साथ दिएकीछन् । उनि आफूमात्र स्वाबलम्बन भएर हुदैन भन्ने मान्यता राख्छन र परिवारलाइ पनि स्वालम्बन बनाउनु पर्छ भन्छन् । अरुलाई रोजगार बनाउन सके ब्यवसाय सार्थक हुने ठान्छन् । सामाजिक रुपमा समेत सक्रिय हुन मन पराउने उनि क्यान झापाका सहसचिब पनि हुन् ।










