दमक/दमकका लागि मात्र होइन पूर्वका लागि नै अब भेषराज न्यौपाने नौलो नाम भएन । उनि शारिरिक रुपमा अपाङ्ग देखिन्छन् तर अपाङ्गता भएकाहरुका लागि मात्र नभएर सवालङ्गका लागि पनि एउटा उदारणिय ब्याक्तित्व बनेकाछन् । दमक पब्लिक लाइब्रेरीका संस्थापक अध्यक्ष र सामाजिक अभियान्ता न्यौपानेलाई उनको योगदानको कदर गर्दै सम्मान गरेको छ । पुस्ताकालय मार्फत चेतना अभिबृद्धि र पठन सस्कृतीको बिकासमा महत्वपूर्ण भूमिका खेलेका न्यौपानेलाइ नगरपालिकाले मासिक ५ हजार प्रोत्साहन भत्ता सम्मान स्वरुप उपलब्ध गराउदै नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिककरण कार्यक्रममा सम्मान समेत गरेको छ । यो सम्मान समाजमा लागेका अभियान्ताहरुका लागि उदारणिय भएको छ । न्यौपानेलाइ झापा क्षेत्र नं.७ की साँसद महेन्द्रकुमारी सुब्बाले सम्मानपत्र प्रदान गरेकी थिइन् । न्यौपाने दमकमा युवाहरुलाई संगठित गराएर पठन सस्कृतीको बिकाससंगै बिभिन्न रचनात्मक कार्यक्रम समेत गर्दै आएकाछन् । उनकै पहलमा दमकमा लागुऔषध र धुम्रपान बिरुद्ध अभियान चलाइएको छ ।