दमक/झापाको लखनपुरमा रहेको एउटा किर्तन मण्डलीले उदारणिय काम गरेको छ । स्थानीय क्षेत्रका शान्ति सुरक्षा कायम राख्नका लागि प्रहरी बिट बनाएर उदाहरणिय काम गरेको हो । करिब ५४ हजारको लागतमा बिट निर्माण भएको हो । लखनपुर ५ स्थित भुवनेश्वरी किर्तन मण्डलीले स्थानीय गेउरीया बजार ब्यवस्थापन समितिको ब्यवस्थापनमा प्रहरी बिट बनाइ दिएको हो । किर्तन मण्डलिका अध्यक्ष उमेश निरौलाका अनुसार यस क्षेत्रमा हुने अपराध रोक्न यो काम गरिएको हो ।1 बिटको चाँबी बुझ्दै इलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख राजन लिम्बुले जनताको यो साथले प्रहरीलाई कार्यक्षेत्रमा काम गर्न थप जाँगर र जोश प्रदान गरेको बताए । उनले स्थानीयको सहयोगमा नै शान्ति सुरक्षा कायम हुन सक्ने र अपराधजन्य गतिबिधि न्यूनिकरणमा टेवा पुग्ने बताए । बिट हस्ताण्तरण कार्यक्रम नेकपा एमालेका जिल्ला सदस्य बेनुप्रसाद शिवाकोटी, स्थानीय शैक्षिक तथा सामाजिक अगुवा जीबन सापकोटा, गेउरीया बजार ब्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर गुरुङ्ग लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चाल कमल बाह्कोटीले गरेका थिए ।