तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले काठमाण्डौंमा मेट्रो रेल चलाउने सपना देखेका थिए । त्यतिबेला सबैले ओलीको कुरालाई हावादारी भनेर उडाए पनि अहिले आएर ओलीको सपना पुरा हुँदैछ ।
२७ माघ । विश्वकै सुन्दर देश नेपालको राजधानी काठमाण्डौं प्रदुषणका हिसाबले विश्वमै खराब देशहरुमा पर्छ । खास गरी काठमाण्डौंमा चल्ने थोत्रा सवारी साधनका कारण काठमाण्डौं प्रदुषित बनेको छ । बढदो जनसंख्या संगै सडक र सवारी ब्यवस्थापन गर्न नसक्दा लाखौं सर्बसाधारणले दिन रात दुःख कष्ट झेल्नु परिरहेको छ । यहि कुरालाई ध्यानमा राखेर तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले काठमाण्डौंमा मेट्रो रेल चलाउने सपना देखेका थिए । त्यतिबेला सबैले ओलीको कुरालाई हावादारी भनेर उडाए पनि अहिले आएर ओलीको सपना पुरा हुँदैछ । हालै काठमाण्डौं महानगरपालिका र चीनको बहुराष्ट्रिय कम्पनी बीवाइडी र नेपालको साइमेक्स इन्क बिच काठमाण्डौंमा ‘मोनो रेल’को सम्भाव्यता अध्ययन गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । यो कामले गति लिन सकेको खण्डमा केहि बर्ष भित्रै राजधानी काठमाण्डौं प्रदुषण मुक्त शहर मात्र होईन सभ्य र समृद्धिको शहर भनेर चिनिने छ । दुई बर्ष मै मेट्रो रेल मेट्रो रेलभन्दा निर्माणमा सस्तो मोनो रेलको सम्भाव्यता एक वर्षभित्र सक्ने लक्ष्यसहित दुई वर्षभित्र छोटो रुटमा मोनो रेलको परीक्षण गर्ने लक्ष्य महानगरपालिकाको रहेको कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताउनु भयो । सम्झौता अनुसार बीवाइडी साइमेक्सले तीन महिनाभित्र उपत्यकाभित्र १० किलोमिटरको रुटमा सम्भाव्यता अध्ययन सकेर प्रारम्भिक रूपमा प्रतिवेदन पेस गर्नेछ । त्यस्तै, एक वर्ष्भित्र काठमाडौं उपत्यकाभित्र मोनोरेलको सम्भाव्यता अध्ययन सक्ने बताइएको छ । बीवाइडी कम्पनीको ईलेक्ट्रीक कार अहिले नेपालको बजारमा उपलब्ध छ । लिथेन आएन ब्याट्रिबाट चलेको उक्त कार एक पटकको चार्जले ४ सय किलोमिटर सम्म गुड्छ । २ हजार सिसिको उक्त कार नमुना परिक्षण्कालागि ६ वटा काठमाण्डौं भित्राइएको छ । उक्त कार साइमेक्स इन्क मेट्रो पार्क लाजिम्पाटले आयात गरेको छ । के फरक छ मोनो र मेट्रोमा ? मोनो रेल आकाशमाथि ट्रलीमा गुड्ने रेल हो । मुख्य गरी घना बस्ती तथा सडक भएका स्थानमा चौडा सडकमाथि फ्लाई ओभर बनाएर त्यसमाथि रेल गुडाइन्छ । एउटा मात्र लिकमा गुड्ने भएकाले मोनो रेल भनिएको हो । मोनो रेल घना बस्ती र साँघुरा सडकमाथि पनि निर्माण गर्न सकिन्छ । तर, मेट्रो रेल साँघुरा बस्तीमा बनाउन सकिँदैन । मोनोको तुलनामा मेट्रो रेल निर्माणमा अधिक समय लाग्छ । निर्माणमा सस्तो भएकाले मोनो रेलको गति तथा क्षमता मेट्रो रेलको भन्दा कम हुन्छ । मोनो रेल वातावरणमैत्री मानिन्छ । यसले मेट्रो रेलले भन्दा कम ध्वनि निकाल्छ । मोनो रेलको सम्भाव्यता अध्ययन समझदारीपत्रमा हस्ताक्षर गर्ने बीवाइडी साइमेक्सका अध्यक्ष प्रसिद्ध बहादुर पाण्डेका अनुसार काठमाडौंमा मेट्रो रेलभन्दा मोनो रेल ८० गुणा सस्तो पर्छ । समयका हिसाबले पनि मेट्रो रेल निर्माणभन्दा मोनो रेल चाँडो बन्ने उनले बताए । एक अध्ययनका अनुसार एयरपोर्ट देखि नाँया बानेश्वर हुदै कलंकी, बुढानिलकण्ठ, महाराजगंज, लाजिम्पाट, पुतलीसडक हुदै जाउलाखेलमा मोनो रेल चलाउने बिषयमा केहि बर्ष आगाडि देखि बिज्ञहरुले अध्ययन गरिरहेक थिए ।



