आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस १९ गते,बिहीबार,इश्वी सन् २०१९ जनवरी ३ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– त्रयोदशी, २८:०० बजेउप्रान्त चतुर्दशी,नक्षत्र– अनुराधा, १२:४० बजेउप्रान्त ज्येष्ठा,योग– गण्ड, २७:२४ बजेउप्रान्त वृद्धि,करण– गर, १५:४५ बजेदेखि वणिज, २८:०० बजेउप्रान्त भद्रा,आनन्दादिमा आनन्द योग,चन्द्रराशि– वृश्चिक, सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:१९ बजे र दिनमान २५ घडी ५७ पला। प्रदोष व्रत। सर्वार्थसिद्धि योग १२:४० बजेसम्म।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २० गते,शुक्रबार,इश्वी सन् २०१९ जनवरी ४ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ थिंलागा,पौष कृष्णपक्ष,तिथि– चतुर्दशी, २८:५२ बजेउप्रान्त औंसी,नक्षत्र– ज्येष्ठा, १३:४६ बजेउप्रान्त मूल,योग– वृद्धि, २६:५१ बजेउप्रान्त ध्रुव,करण– भद्रा, १६:२२ बजेदेखि शकुनि, २८:५२ बजेउप्रान्त चतुष्पद,आनन्दादिमा चर योग,चन्द्रराशि– वृश्चिक, १३:४६ बजेउप्रान्त धनु,सूर्योदय– ६:५७ बजे, सूर्यास्त– १७:२० बजे र दिनमान २५ घडी ५८ पला। दिशिचह्रे पूजा।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला, ,पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक ३ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ, आम्दानी बढ्नेछ,विगतका कर्मको उचित प्रतिफल पाइनेछ, अतिथिका रूपमा सम्मान पाइने समय छ,रमाइलो यात्राको समेत मौका छ,आजको शुभ अंक २ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,पशुधन र जमिनबाट पनि सामान्य लाभ होला,तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला,पढाइमा प्रगति हुनेछ,आजको शुभ अंक ११ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ,विगतको श्रमबाट भने लाभ हुनेछ,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्,आजको शुभ अंक ६ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,आश्वासन दिनेहरूले झुक्याउन सक्छन्,रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुटन सक्छ,बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ,सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्,विगतको श्रमबाट भने लाभ हुनेछ,आजको शुभ अंक १० रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ,तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ,वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ,आजको शुभ अंक ७ रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ,काम बिग्रने डरले पनि सताइरहनेछ,आजको शुभ अंक १० रहेको छ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ,व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ,कीर्तिमानी काम गर्ने समय छ,धेरै लगानीपछि कममात्र फाइदा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
कमजोरीले चिन्ता बढाउन सक्छ,बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ,अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,आजको शुभ अंक ५ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ, तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,गरिएका कर्मको उचित प्रतिफल पाइनेछ,आजको शुभ अंक ८ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सोचेको लाभ नमिल्न सक्छ,तापनि दिन मनोरञ्जनपूर्ण रहनेछ, नयाँ ज्ञान सिक्ने मौका छ,पढाइमा प्रगति हुनेछ,व्यवसायका लागि यात्रा सम्भावना छ,साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ,आजको शुभ अंक ४ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्दा–मामिलामा विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,भाग्य बलवान् भएकाले अरूको हातमा गइसकेको धन फिर्ता हुन सक्छ,व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ,आजको शुभ अंक १ रहेको छ।
दिब्य ज्योतिष बाट



