गाँउ–घरको विकासमा झापा, लखनपुर–३ का स्थानीय आफै सक्रिय भएका छन् । लखनपुर–३ मा पर्ने रत्नपुर टोलका बासिन्दाले त्यस क्षेत्रको अढाई किलोमिटर लामो सडकको स्तरन्नति गर्ने कार्यलाई तीव्रता दिएका छन् ।

सडक स्तरन्नति निर्माण उपभोक्ता समितिका अध्यक्ष पवन लुइँटेलका अनुसार उपभोक्ताहरुको जनसहभागितामा एक महिनादेखि टोलमा सडक स्तरन्नतिसहितका विकास योजनाहरु धमाधम निर्माणाधीन अवस्थामा छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाटोको संरचनामा करिब १५ लाख रुपैयाँ लाग्ने अनुमान गरेका छन् । उपभोक्ता समितिको सक्रियतामा त्यस टोलमा ड्रेनसहितको ३६ फिटे बाटोको काम तीव्र ढंगले भईरहेको अध्यक्ष लुइँटेलले जानकारी दिए । गाउलेले निर्माण गर्दै गरेको बाटो उनले भने,–‘गाँउको विकासमा कसैको मुख नताकि आफ्नै लगानीमा काम थालेका छौ ।’ लखनपुर गाविसदेखि पूर्वतर्फ पर्ने त्यस बाटो दक्षिणी तोपगाछी, धरमपुर लगायतका क्षेत्र जोड्ने गर्छ । लामो समयदेखि त्यस बाटोको संरचनामा सुधार नआएपछि गाँउलेहरु मिलेर स्तरन्नति गर्ने काम गरिएको अध्यक्ष लुईटेलले बताए ।

‘अहिलेसम्म बाटोको काममा करिब ४ लाख बढी जुट्यो’ उनले त्यस बाटोको काममा उपभोक्ताहरुले १३ लाख बढी संकलन गर्ने बताए । समितिले सडक निर्माणका क्रममा ४० वटा ह्यूमपाइप राख्ने र सवै लगानी उपभोक्ताहरुको रहेको जनाएको छ । त्यस टोलमा करिव १५० उपभोक्ता छन् भने सवै उपभोक्ताले प्रतिफूट १ सयका दरले रकम जम्मा गरेका लुईटेल बताउछन् ।