दमक बहुमुखि क्याम्पसका बिद्यार्थीहरुलाइ क्याम्पस आउने क्रममा यातायात मजदूरबाट दूब्र्यवहार भएपछि शुक्रबार दमकको क्याम्पसमोड तनावग्रस्त बन्यो । क्याम्पस आउने बिद्यार्थीहरुलाइ बसले नरोक्ने र चढन खोज्दा घच्ढने तथा दूब्र्यवहार गर्ने गरेको भन्दै बिद्यार्थीहरु आक्रोशित हुदा तनाव भएको हो । तनाव बढेपछि हिसात्मक रुप समेत लिएको थियो । पूर्वपश्चिम राजमार्गअन्तर्गत क्याम्पस मोडमा केहि घण्टा यातायात समेत बन्द रहयो । आक्रोशित विद्यार्थीहरुले तीनवटा गाडी सवारी साधन तोडफोड समेत गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । विद्यार्थीहरुले मे १ च ३९५१ र मे १ च १७३८ नम्बरको मिनी ट्रक र को १ ख ४०८८ नम्बरको बसमा तोडफोड गरेर क्षति पुर्याएकाछन् । तोडफोडको क्रममा मिनी ट्रकका चालक कृष्ण न्यौपाने घाइते भएका उनको दायाँ खुट्टा भाँचिएको जनाइएको छ । बन्दको अवज्ञा गरेर सवारी कुदाउन खोजेकाले यस्तो घटना भएको बिद्यार्थीहरुले बताएकाछन् । न्यौपानेको दमकस्थित एक अस्पतालमा उपचार भइरहेको बताईएको छ । बिद्यार्थीहरुमाथि बारम्बार दूब्र्यवहार हुनु बिडम्बना भएको अनेरास्वयबियू दमक बहुमुखि क्याम्पस स्वबियू अध्यक्षका उम्मेदवार सन्तोष दूलालले बताए । यसरी दूब्र्यवहार नरोकिए आफूहरु आन्दोलनमा उत्रने उनले चेतावनी पनि दिए । दूब्र्यवहार बिरुद्ध सबै बिद्यार्थी संगठनका बिद्यार्थीहरु सडकमा आएका थिए ।