काठमाडौं, ७ असोज । न्याय परिषद् बैठकले बिहीबार उच्च अदालतका लािग मुख्य न्यायाधीश सिफारिस गरेको छ ।

परिषद्ले सैनिक विशेष अदालत र न्यायाधिकरणको अध्यक्ष पनि तोकेको छ । प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष सुशीला कार्की, सदस्यहरु वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्याय, कानुनमन्त्री अजयशंकर नायक र वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौला संलग्न बैठकले मुख्य न्यायाधीश र न्यायाधिकरण अध्यक्ष तोकेको आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

परिषद्ल जनकपुर उच्च अदालतका न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातलाई सोही अदालतको मुख्य न्यायाधीश र उच्च अदालत दिपायलका न्यायाधीश प्रकाशकुमार ढुंगानालाई सोही अदालतको मुख्य न्इायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको परिषद् प्रवक्ता देवेन्द्र ढकालले बताए ।

यसैगरी न्यायाधीश नीता गौतम दीक्षितलाई सैनिक विशेष अदालतको अध्यक्ष, न्यायाधीश रेवन्त कुँवरलाई वैदेशिक रोजगार न्यायाधिकरण, न्यायाधीश डिल्लीराज आचार्यलाई राजस्व न्यायाधिकराण् काठमाडौं, न्यायाधीश कुमार पोखरेललाई राजस्व न्यायाधिकराण  विराटनगर र न्यायाधीश वीरबहादुर डाँगीलाई राजस्व न्यायाधिकरण नेपालगन्जको अध्यक्ष तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah