आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २४ गते,मंगलबार,इश्वी सन् २०१९ जनवरी ८ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– द्वितीया, १०:०१ बजेउप्रान्त तृतीया,नक्षत्र– श्रवण, २२:१६ बजेउप्रान्त धनिष्ठा,योग– वज्र, २७:४२ बजेउप्रान्त सिद्धि,करण– कौलव, १०:०१ बजेदेखि तैतिल, २३:०६ बजेउप्रान्त गर,आनन्दादिमा लुम्ब योग,चन्द्रराशि– मकर, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२३ बजे र दिनमान २६ घडी ०४ पला। नेपाल ज्योतिष परिषद् स्थापना दिवस।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २५ गते,बुधबार,इश्वी सन् २०१९ जनवरी ९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– तृतीया, १२:१२ बजेउप्रान्त चतुर्थी,नक्षत्र– धनिष्ठा, २४:५४ बजेउप्रान्त शतभिषा, योग– सिद्धि, २८:१४ बजेउप्रान्त व्यतीपात,करण– गर, १२:१२ बजेदेखि वणिज, २५:१८ बजेउप्रान्त भद्रा,आनन्दादिमा मित्र योग,चन्द्रराशि– मकर, ११:३५ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २६ घडी ०६ पला। धनिष्ठा पञ्चक ११:३५ बजे प्रारम्भ।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मान्यजनबाट सहानुभूति, व्यापारिक कार्य सफल, साहित्य क्षेत्रबाट सफलता मिल्नेछ,आजको दिन शुभ छ,आजको शुभ अंक ८ रहेको छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक लेनदेनमा विवाद हुनेछ, धार्मिक कार्यमा दिन बित्नेछ, पठनपाठन क्षेत्र अस्तव्यस्थ हुने, दिन खराब छ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाई बीच मनमुटाव हुने, दैनिक उपभोग्य सामग्रीको अभाव, शुरु गरेको विकास निर्माणको कार्य रोकिनेछ, आजको शुभ अंक ६ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कृषि कार्यबाट लाभ पाइने, मेहनत गरेको ठूलो राशिको धन हात लाग्ने, इष्टमित्रको सहयोगले अधुरा कार्य पूरा हुनेछ,आजको शुभ अंक ९ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि सम्बन्धि विवाद, वहस पैरवि कार्यक्रम स्थगित, सुनचाँदी कारोबारमा मन्दी आउनेछ दिन राम्रो रहनेछैन,आजको शुभ अंक ९ रहेको छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफ्नो रोजाइको कार्यमा अरुको विरोध, नेतृत्व कार्य र व्यापारमा असफल हुने, टाढाको यात्रा विफल हुनेछ,आजको शुभ अंक १० रहेको छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ व्यवसाय गर्नतिर मन जाने, पारिवारिक समस्या सुल्झिनेछ, लामो समयदेखि गरको कार्यमा सम्मान मिल्ने,आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सरकारीपक्षबाट सहयोग, नयाँ साथीसँग सम्बन्ध गासिने, सामाजिक सक्रियता, सहयोगी हातहरु बढ्दै जानेछन,आजको शुभ अंक ११ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापार व्यवसायबाट घाटा हुन सक्नेछ, स्वास्थ्यमा एक्कासी खराबी आउन सक्नेछ, मानसिक चिन्तन हुनेछ,आजको शुभ अंक १२ रहेको छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मित्रहरुको सहयोगले ठूलो काम सम्पन्न, वैदैशिक रोजगारको अवसर मिल्ने, स्त्रीपक्षबाट सुख प्राप्त हुने ,आजको शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुबाट मानसिक पीडा थपिनेछ, पारिवारिक झगडाले ठूलै रुप लिनेछ, आफन्तबाट विशेष कार्यमा धोका हुनेछ,आजको शुभ अंक १० रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
रोजगारी बाटआत्म सन्तुष्टि मिल्नेछ, नयाँ मित्रसंग भेटघाटको अवसर मिल्ने, मानसम्मानको अवसर प्राप्त हुनेछ ,आजको शुभ अंक ८ रहेको ।
दिब्यज्योतिष बाट साभार



