२८ माघ । नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप भएकै कारण अहिले सम्म भावी आईजीको टुङ्गो लाग्न सकेको छैन् । प्रहरी संगठनमा यसरी ठाडो राजनीति हस्तक्षेप हुनु देश, जनता र समाजकालागि राम्रो होइन । प्रहरी संगठन कमजोर हुनु भनेको शान्ति सुरक्षा कमजोर हुनु हो । त्यसले देशमा बिकृति, विसंगति झांगिदै जाने मात्र होईन, समाजमा अपराधिहरुको पनि मनोबल बढाउँछ । त्यसैले प्रहरी राजनीतिमा हस्तक्षेप गरेर आफ्नो स्वार्थ पूर्ति गर्ने नेताहरु पनि सजग हुनु जरुरी छ । जुनसुकै संगठनमा पनि कार्यकारी प्रमुखको भूमिका कति महत्वपुर्ण हुन्छ भने कुरा नेपाल बिद्युत प्राधिकरणका कुलमान घिसिङ उदाहरण बनेर देखाइ दिएका छन् । एउटा मान्छे मात्रै संगठनमा इमान्दार भए सिंगै संगठनको गरिमा बढ्छ भन्ने कुरा घिसिङले प्रमाणित गरिदिएका छन् ।

अर्का ब्यक्ति हुन सुगत रत्न कंसकार, जो नेपाल वायु सेवा निगमका कार्यकारी प्रमुख हुन् । उनि प्रमुख भएपछि निगमका सिंगो कर्मचारी आफ्नो भविष्य प्रति आशावादी बनेका छन् । राजनीतिक हस्तक्षेपले तहस नहस भएको निगमलाई कंसकारले नयाँ जीवन दिएका छन् । हरेक बर्ष एउटा ‘वाइडबडि’ जहाज थप्दै १० बर्षमा १० वटा ‘वाइडबडि’ थपेर नेपालको ध्वजावाहक विमान संसारको प्रमुख शहरमा पुरयाउने उनको सपना छ ।

यि दुई उदाहरण किन प्रस्तुत गरिएको हो भने, नेपाल प्रहरीमा योग्य, सक्षम चारै जना डिआईजी सक्षम होलान् । तर ती मध्ये पनि सबै भन्दा योग्य र क्षमतावान ब्यक्तिको हुन भन्ने कुरा खोज्नु गृह मंत्रीको दायित्व हो । त्यसमाथि प्रहरीको आफ्नै नियामावली होला । यि सबै निति, नियम र परमपरालाई एकातिर पन्छ्राएर  मनपरि गरिन्छ भने भन्नु केहि छैन । होइन भने शान्ति सुरक्षाको जिम्मा कमजोर ब्यक्तिलाई दिँदाको फाईदा त गृह मंत्री निधिले लेलान् तर त्यसको मुल्य देश र जनताले चुकाउनु पर्ने हुन्छ । देश र जनतालाई प्रति नै गृह मंत्री बिमलेन्द्र निधि र काँग्रेस सभापति शेरबहादुर देउवाको कुनै उत्तरदायित्व छैन भन्ने बेग्लै कुरा ।

तर अहिले आइजी नियुक्तिको बिषयलाई लिएर देउवा–निधि बिचको जुन समाचार बाहिर आएको छ, त्यसले जनता चरम निराशातर्फ उन्मुख हुदैछ । एउटा काँग्रेस पार्टीको उप सभापति चयन गर्दा त बरिष्टता, योग्यता र क्षमतालाई आधार बनाइन्छ भने त्यत्रो प्रहरी फोर्सको आइजी बनाउदा यि मापदण्ड किन लत्याउदै छ काँग्रेस । जनता प्रश्न गर्छन् । पुर्ब महानिरिक्षक अच्युत कृष्ण खरेल भन्छन्– फौजमा बरिष्टता नै आइजी हुन्छ । सिनियर अफिसरलाई हटाएर जुनियर अफिसरलाई प्रमुख बनाइयो भने समग्र संगठनमा आँच आँउछ । जुनियरलाई प्रमुख बनाइयो भने कार्यरत कर्मचारीको मात्रै होइन समग्र जनताको पनि मनोवल खस्कन्छ । राजनीति क्षेत्रबाट अहिले जुन खेल हुन खोजेको हो त्यो प्रयास गलत हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah