दमक/गाँउघरमा निशुल्क रुपमा बर्षौसम्म स्वास्थ्य स्वयंसविकाको रुपमा काम गरेका आमाहरु सम्मानित भएकाछन् । दमक नगरपालिकाले उमेरहद अर्थात ६० बर्ष पार गरेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान सहित बिदाइ गरेको हो । बिदाइ कार्यक्रममा उनिहरुलाई भावुक देखिन्थे । दमक नगरपालिका सामाजिक शाखा प्रमुख डम्बरराज बरालका अनुसार तलव बेगर कपाल सेताम्मे हुदा सम्म र दाँत फुस्कुन्जेल काम गरेका १० जना सम्मानि भएका हुन् । दमक २ की पबित्रा दाहाल, दमक ८ की डम्बरकुमारी धिमाल, दमक ११ की शुशिला लामिछाने र उमा अमात्य, दमक १२ की भगवती भट्टराइ, दमक १३ की बिमला गौतम र शुशिला भट्टरारइ, दमक १५ की खडगमाय खनाल, दमक १३ की शुशिलागौतम, दमक १९ की चिम्टिमाया धिमाल र दमक १२ का रीता श्रेष्ठ रहेकाछन् । साँसद महेन्द्रकुमार सुब्बाले दोसल्ला ओडाएर र सम्मानपत्र प्रदान गरेर स्वास्थ्यस्वयं सेविका आमाहरुलाई सम्मान गरेकी थिइन ।
यी आमाहरुलाइ हामी पनि सम्मान गरौ
सवाल नेपालसंवाददाताशनिबार, २७ माघ २०७३

यी आमाहरुलाइ हामी पनि सम्मान गरौ
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३



