२९ माघ । भनिन्छ सन्तानको सबभन्दा ठूलो खुशी आमा हो र त्यसपछि बाबु । तर, तिनै आमाबाबुले गरेको गल्तीको सजाय भोग्दैछन् धादिङका पाँच बालबालिका। तोते बोल्न सिक्ने उमेका उनीहरु जेलभित्रको उकुसमुकुमा दैनिकी विताइरहेका छ । न सभ्य बोली सुन्न पाउँछन् न कखरा सिक्न । उनीहरुको दिन हथकडीले बाँधिएका हात हेरेर वित्छ। सल्यानटार–१ का दुई बर्षीय सूचक थपलिया १० महिनादेखि कारागारमा छन् । आमा सुस्मिता र बाबु चन्द्रप्रसादले गरेको दोषको सजाय सूचकले पनि भोगिरहेका छन् । आमाबाबु नै अपराधमा संलग्न भएपछि बालबालिकाको रेखदेख गर्ने मान्छे घरमा नहुँदा उनीहरु जेल बस्न बाध्य भएका हुन् । सेर्तुङ–५ का बादल तामाङ कारागारमा छन् । बादल दुई बर्षका भए । घरमा हेरचाह गर्न कोही नहुँदा कर्तब्यज्यान मुद्दामा तीन बर्षको कैद सजाय भोगिरहेकी आमासँग जेल बस्नु बादलको बाध्यता हो । सूचक र बादलसँगै अर्का एक बालक र दुई बालिका पनि कारागारभित्रै अध्यारा दिन बिताइरहेका छन् । थाक्रे–९ का मिलन चेपाङ, कटुन्जे–७ की बर्षा बीक र लापा–८ की देवीमाया विक पनि आमाले गल्ती गरेका कारण जेलमा आइपुगेका हुन् । नागरिक दैनिकमा खबर छ ।
स्कुल होइन, जेलमा छन् बालबालिका
सवाल नेपालसंवाददाताशनिबार, २७ माघ २०७३

स्कुल होइन, जेलमा छन् बालबालिका
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



