आजको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २५ गते,बुधबार,इश्वी सन् २०१९ जनवरी ९ तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर,दक्षिणायन,हेमन्त ऋतु,नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– तृतीया, १२:१२ बजेउप्रान्त चतुर्थी,नक्षत्र– धनिष्ठा, २४:५४ बजेउप्रान्त शतभिषा, योग– सिद्धि, २८:१४ बजेउप्रान्त व्यतीपात,करण– गर, १२:१२ बजेदेखि वणिज, २५:१८ बजेउप्रान्त भद्रा,आनन्दादिमा मित्र योग,चन्द्रराशि– मकर, ११:३५ बजेउप्रान्त कुम्भ, सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२४ बजे र दिनमान २६ घडी ०६ पला। धनिष्ठा पञ्चक ११:३५ बजे प्रारम्भ।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७५ साल पुस २६ गते,बिहीबार,इश्वी सन् २०१९ जनवरी १० तारिख,शकसंवत् १९४०,विरोधकृत् संवत्सर, दक्षिणायन,हेमन्त ऋतु, नेपाल संवत् ११३९ पोहेलाथ्व,पौष शुक्लपक्ष,तिथि– चतुर्थी, १४:२१ बजेउप्रान्त पञ्चमी,नक्षत्र– शतभिषा, २७:२३ बजेउप्रान्त पूर्वभाद्रपदा,योग– व्यतीपात, २८:३९ बजेउप्रान्त वरियान्,करण– भद्रा, १४:२१ बजेदेखि वव, २७:२१ बजेउप्रान्त वालव,आनन्दादिमा वज्र योग,चन्द्रराशि– कुम्भ,सूर्योदय– ६:५८ बजे, सूर्यास्त– १७:२५ बजे र दिनमान २६ घडी ०७ पला। पञ्चक।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज श्रमको भने समुचित मूल्यांकन नहुन सक्छ,भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ला,अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ,पारिवारिक किचलो हुनेछ,मालमत्ता समेत हराउन सक्छन्,आजको शुभ अंक ८ रहेको छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ,सानातिना कामको झमेला आउनसक्छ,प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,मन पर्ने वस्त्र,विद्यामा कमजोरी र लेनदेनमा विवाद होला,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, आजको शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) –
पशुधन र जमिनबाट पनि लाभ होला,अरूको सुझाव अप्रिय लाग्नेछ,मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ,मानसम्मानमा बढ्नेछ,सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, पारिवारिक जमघटमा मन रमाउनेछ,आजको शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ,रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ,भूमि तथा मातृधनबाट लाभ लिने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ,आजको शुभ अंक ५ रहेको छ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ,धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ,रोकिएका काम समेत सम्पादन हुनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला,आजको शुभ अंक २ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा मातापिताको सहयोग प्राप्त होला,सामाजिक कामको दायित्व बढ्नेछ,नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ मिल्ने योग छ,आजको शुभ अंक ५ रहेको छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मित्रता र प्रेमको बन्धन कसिनेछ,रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्नेछ,छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ, नयाँ सवारी साधन प्राप्तिको योग छ,आजको शुभ अंक ७ रहेको छ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कृषि तथा पशुपालनमा भने सोचेभन्दा कम लाभ होला,स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ, परिवारमा खुशी छाउनेछ,काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ,आजको शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मानसम्मानमा बृद्धि हुनेछ,विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ,पुरानो समस्याले केही झमेला आइलाग्ला,रोकियाका कामहरु बन्ने छन्,बोलीको भरमा काम सम्पादन हुने योग छ,अभिव्यक्तिले धेरैलाई आकर्षण गर्ने समय छ,आजको शुभ अंक १० रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ,विश्वासको वातावरण बन्नेछ,काममा अधिकार प्राप्तिका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ,मुद्दा–मामिलामा पनि विजयी भइनेछ,व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ,आजको शुभ अंक ८ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आत्म–विश्वास बढ्नेछ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्त बाट धोका हुन् सक्छ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,प्रतिष्ठित काम गर्ने मौका छ, बिस्तारै फाइदा उठ्ने योग छ, आजको शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सानो त्रुटिले बनिसकेको काम बिग्रने वा झमेला आइलाग्ने समेत समय छ,आर्थिक समस्या पर्ने छ,सुखद समाचारले अझ उत्साह बढ्नेछ,शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ,सचेत रहनुहोला,आजको शुभ अंक ७ रहेको छ।

दिब्यज्योतिष बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah