काठमाडौं- इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले आफूले अध्ययन गरिरहेको विषयलाई व्यहारमा उतारी सार्वजनिक गरेको प्रस्तुतिले प्राविधिक विषयको महत्व उजागर गरेको छ। पुल्चोक इन्जिनिरिङ कलेजमा आयोजित प्रदर्शनीमा विद्यार्थीले विभिन्न विद्यामा तयार पारेको प्रस्तुति अवलोकन गर्दा बिहीबार कलेज पुगेका ऊर्जामन्त्री जनार्दन शर्मासमेत छक्क परे। विद्यार्थीले राष्ट्रिय आवश्यकताका विषयवस्तु समेटेर तयार पारेको सुझावसहितको प्राविधिक प्रस्तुतिले अभिभावक, शिक्षक, विद्यार्थी तथा अन्य आगन्तुकलाई नै बुझ्न सजिलो बनायो।

निष्ठा शाक्य, प्रिया झा, प्रतिमा शाही र विप्लव झाको समूहले तयार पारेको ‘स्मार्ट स्ट्रिट मोनिटरिङ सिस्टम’ ले राति अबेर अर्थात् पिक आवरपछि सडक बत्तीको उज्यालो सदुपयोग गर्ने उपाय खोजेको छ।

इलेक्ट्रोनिक इन्जिनियरिङ विषयका प्रथम वर्षका यी विद्यार्थीले कोर्समा पावर म्यानेजमेन्ट पढ्नुपर्छ। त्यही सिद्धान्तमा आधारित भएर सामग्री तयार पारेको निष्ठाले बताइन्। उनले आगन्तुकसँग भनिन्, ‘राति १० बजेपछि सडकमा तेजिलो प्रकाशका साथ बत्ती बल्नु आवश्यक छैन।’ उनीहरुले तयार पारेको स्मार्ट स्ट्रिट मोनिटरिङ सिस्टम गाडी अगाडि आए बत्ती तेजिलो हुने र गएपछि आफैं मधुरो हुने सेन्सर रहेछ।

‘सरकारले यही प्रविधि प्रयोग गरी सडकमा बत्ती जडान गरे खेर गइरहेको बिजुली बचत हुन्छ,’ प्रियाले सुझाइन्, ‘बचत विद्युत् अन्य क्षेत्रमा सदुपयोग गर्न सकिन्छ।’

कम्प्युटर, इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विषय अध्ययनरत विद्यार्थीको साझा संस्था लोकसले बिहीबार कलेजमा १४औं लोकस राष्ट्रिय प्रविधि मेला आयोजना गरेको हो।

तीन दिनसम्म चल्ने मेलामा विद्यार्थीले काठमाडौं र अन्य सहरी क्षेत्रमा बढ्दै गएको पार्किङ समस्यासमेत समेटेर बनाएको ‘स्मार्ट भेहिकल स्टोरेज एन्ड रिट्राइभल सिस्टम’ प्रस्तुत गर्दा अवलोकन गर्नेको भीड नै लाग्यो। पश्चिमाञ्चल इन्जिनियरिङ कलेजका विद्यार्थीले तयार पारेको यो सामग्री निकै उपयोगी देखिन्छ। राधेश्याम ठाकुर, रामुराज चौहान र शोभित शर्माको समूहले तयार पारेको स्मार्ट भेहिकल  स्टोरेजले थोरै स्थानमा धेरै गाडी पार्किङ गर्न सक्ने अवधारणा ल्याएको छ।

‘सीमित ठाउँमा व्यवस्थित तरिकाले धेरै गाडी अटाउने गरी हामीले यो प्रस्तुति तयार पारेका हौं,’ ठाकुरले नागरिकसँग भने, ‘हाम्रो सामग्री सरकारले प्रयोग गरी ठूला सपिङ मल, अपार्टमेन्ट, बहुतले अत्याधुनिक भवनमा आधुनिक पार्किङ बनाउन सक्छ।’

इलेक्ट्रोनिक्स तेस्रो र चौथो वर्षमा अध्ययनरत यी विद्यार्थीले तयार पारेको स्मार्ट भेहिकल स्टोरेजले उपत्यकामा देखिएको पार्किङ समस्या न्यून गर्ने त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानका डिन त्रिरत्न बज्राचार्यले बताए।

‘विद्यार्थीले उपलब्धिमूलक प्रविधि मेला आयोजना गरेका छन्,’ डिन बज्राचार्यले भने, ‘राज्यमा देखिएको समस्या समाधान गर्ने योजना बनाउन सरकारलाई विद्यार्थीको प्रस्तुुतिले सहयोग गर्छ। त्यसकारण राज्यले यस्ता दक्ष जनशक्तिलाई स्वदेशमै खपतको वातावरण तयार पार्नुपर्छ ।’

ऊर्जामन्त्री शर्माले विद्यार्थीका प्रस्तुतिको प्रशंसा गरे। उनले अबको नेपाल प्रविधियुक्त बनाउन यस्ता दक्ष प्राविधिक युवाको खाँचो देशलाई भएको बताए। दक्ष युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन सरकार लागि परेको उनको दाबी थियो। ‘विद्यार्थीको प्रदर्शनी अन्वेषणमूलक छ,’ मन्त्री शर्माले भने, ‘देशलाई अँध्यारोबाट उज्यालोतर्फ लग्न यी युवाको ठूलो योगदान हुन्छ।’

लोकसका सञ्चार संयोजक प्रविन ढकालले मेलामा ५ सय विद्यार्थी सहभागी रहेको बताए। उनीहरुले १ सय २६ स्टलबाट १ सय २० प्रस्तुति देखाएका छन्।

नागरिक बाट साभार गरिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah