दमक/दमकका सबै सुत्केरीलाई दमक । झापाको दमक नगरपालिकाले बिपन्न सुत्केरी नगरबासी महिलाहरुका लागि सुत्केरी स्यहार कार्यक्रम ल्याएको छ । गतबर्षदेखि शुरु भएको सुत्केरी स्याहार कार्यक्रम अन्र्तगत अस्पतालमा गएर बच्चा जन्माएको प्रमाण र समयमा नै नगरपालिकामा आएर जन्मदर्ता गराएको हुनुपर्नेछ । दमक नगरपालिकाका सामाजिक शाखा प्रमुख डम्बरराज बरालका अनुसार गतबर्ष २५ जना महिलाहरु यो कार्यक्रमबाट प्रभावित भएकाछन् । बुधबार नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिककरण कार्यक्रममा नेपाल सरकारका मुख्य सचिब डा. सोमलाल सुबेदी र झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले सुत्केरी महिलाहरुलाई नगरपालिकाले तयार पारेको प्याकेज सहितको पौष्टिक आहर बितरण गरेर कार्यक्रम शुरुवात गर्नु भएको छ । सुत्केरी महिलाहरुलाई सुत्केरी हुदा आवश्यक पर्ने पोसिलो खानेकुरा घिउ,ज्वानो, मिश्रि लगायतका सामाग्रिहरु प्रदान गरिएको थियो । अस्पतालमा गएर बच्चा जन्माउने र समयमा जन्मदर्ता गराउने कार्यको प्रोत्साहनका लागि यो कार्यक्रम ल्याईएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताउनु भयो । बिपन्न महिलाहरुलाई बिभिन्न पौष्टिक आहारहरुको आवश्यकता पर्ने भएकाले नगरपालिकाले पौष्टिक आहार प्रदान गर्ने उहाँको भनाइ रहेको छ । उक्त पौष्टिक आहार लिन सुत्केरी महिलाहरु बच्चा बोकेर नै कार्यक्रम स्थलमा आएका थिए । अब देखि नगरपालिकाले बच्चाको जन्मदर्ता गराउन आउदा नै या टोल बिकास संस्थाको समन्वयमा यसको बितरणको ब्यवस्था मिलाइने बताइएको छ । आर्थिक रुपमा कमजोर तथा बिपन्न समुदायका लागि लक्षित गरेर यो कार्यक्रम ल्याइएपनि कसैलाई पनि बिभेद नगरिने नगरपालिकाले जनाएको छ ।