बाँके – नेपाल प्रहरीको सिपाहीमा भर्नाका लागि सुर्खेतबाट आएका एक युवाको हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीमा भर्ना हुनका लागि ठकुरी केही दिनअघिदेखि कोहलपुरमा रहेको आफन्तको घरमा बस्दै आउनुभएको थियो । शुक्रबार साँझ घरबाट निस्केका उहाँको शनिबार बिहान शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । उज्यालो अनलाइन बाट साभार