दमक/झापाको गौरादह बाणि
ज्य संघको प्रथमबाट हुन लागेको निर्वाचनले गौरादह यतिखेर तातेको छ । नेकपा एमाले निकडका ब्यवसायिको पकड रहेको गौरादहमा डिल्लि काफ्ले, जीबन राइ र दीलिप भण्डारी लड्दैछन् ।
काफ्ले त्यहाँ बलियो उम्मेदवारको रुपमा रहेको चर्चा गरिएको छ । उनि एमाले निकटका उम्मेदवार हुन् । अर्का जीबन राइ काँग्रेस निकटका ब्यवसायि हुन् । उनि एमाले पार्टी कै अर्का उम्मेदवार उठेकाले आफू जित्ने भन्दै मत माग्दै हिडेकाछन् । भण्डारी आफूले अध्यक्ष रहदा र गौरादहमा बनाएको पहिचानले जित्ने भनेर भोट माग्दैछन् ।
काफ्लेको उम्मेदवारी भन्दा पहिला अध्यक्षको दाबेदार निर्मल बास्तोलाले काफ्लेलाइ सघाउदै महासचिबमा गएपछि काफ्ले बलिया देखिएकाछन् । बास्तोलाको टिमले ३ सयभन्दा बढि सदस्य निर्वाचनका लागि बनाएकाले पनि त्यो मत काफ्लेको टिमलाइ जाने छ । काफ्ले यसभन्दा अगाडि झापा बाणिज्य संघको शाखा हुदाको अन्तिम अर्थात निवर्तमान अध्यक्ष हुन् । भण्डारी भने एकीकृत माओबादी, काँग्रेस र एमालेको मत चोरेर अघि बढ्ने दाउमा छन् ।यसभन्दा अगाडि गौरादहमा बाणिज्य संघको
चुनाव भएको र नेतृत्व आएको कसैले थाहा पाउने नै थिएनन् ।
यस बर्ष चुनाव स्थानीय निकायको निर्वाचन झै लागेको स्थानीय ब्यापारीहरुले बताएकाछन् । गौरादहमा ब्यवसायिको चुनाव राजनीतिक दलहरुलाई नै मज्जाले अल्मल्याउने गरी नै लागेको छ ।










