(खगेन्द्र घिमिर) झापा । झापाका बुद्धशान्ति ४ हापेन चोकका एक बालक लामो समय देखि खाटमा डोरीले बाँधिएर जीवन बिताईरहेका छन । शारीरिक रुपले हिँडडुल गर्न समेत नसक्ने १२ बर्षिय आइतराज लिम्बुको उपाचारका लागि आर्थिक अभावका कारण उनी पशु सरहको जिवन बिताउन बाध्य भएका छन् ।
आर्थिक अवस्था अत्यन्त न्युन रहेको लिम्बु परिवार स्थानीय बगान क्षेत्रमा मजदुरी गरेर जिविका चलाउँदै आएका छन् । ७ जनाको परिवार रहेको सो लिम्बु परिवार ताप्लेजुङ्गबाट २०५१ साल मोरङ्ग बसाईुसरी आएका र त्यपछि २०७३ सालमा बुद्धशान्ती ६ को हापेन चोकमा सडकको छेउमा रहेको एक घरमा भाडामा बस्दै आएका छन । सामान्य घर बनाउने काम गर्दै आएका उनी आर्थिक अभावले छोरोका पिडा हेर्नु वाहेक केहीँ गर्न नसकेको बताए ।
सुरुमा देवा लाग्यो भनेर झारफुक गरेको तर ठिक नभएको उनका बुबा मिलनले बताए । पछिल्लो समयमा डाक्टरबाट नसामा समस्या भन्ने कुरा आएको छ । तर उपचार गर्न पैसा नभएको उनको गुनसो छ । पिडितका छिमेकी सुनिता सुब्बाले बालकको बाबु आमा मजदुरी गनेर दुखले दैनिकी चलाउदैँ आएको बताइन् । दिनभर ति बालक एक्लै खाटमा डोरीले बाधिँएर बस्नुको बिकल्प नरहेको बताइन् । त्यस्तै स्थानीय मोहन लिम्बुले बुबाले सामन्य घर बनाउने काम गरेर दुखले परिवार पालेको बताए ।
बालकको आमा सुनिताले आर्थिक अवस्था राम्रो भएको भए छोराको उपचार गर्न सकिने बताइन् । सुनिताले डाक्टरले उपचार सम्भव रहेको बताएको बताइन्/ शारीरिक रुपमा हिँडडुल समेत गर्न नसक्ने १२ बर्षिय आइतराज लिम्बु, उनका ५ महिनाका कान्छा भाई जसको जन्मदै माथिल्लो पट्टिको ओठ छैन /










