यसपटक नाटकमा प्रत्यक्ष संगीतलाई पनि जोडिएको र यो दमकका लागि एउटा अवसर भएको कदम थिएटरका सचिव कमन देवानले बताए

दमक । साहित्यसंगै दमकमा नाट्य क्षेत्रको विकास र विस्तारमा यससंग सम्बन्धित सर्जक तथा अभियान्ताहरु लागेकाछन् । रङ्गमन्च संस्कृति निर्माणको अभियानमा संस्थागत रुपमा लागेको कदम थिएटरले यसको अगुवाइ गरेको छ ।

कमल थिएटर दमकले आँउदो माघ १० देखि १४ गतेसम्म दमकमा नाटक गैंडा टाइम्स मन्चन गर्नका लागि यसको तयारी तिब्र बनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कदम थिएटरका महासचिव मोहन ढुंगाना मेचीपुत्र ले आगामी माघ १० गते दिउँसो ४ बजे विशेष शो मन्चनसहित ११ देखि १४ गतेसम्म १२ र ४ बजे नियमित शो मन्चन हुने बताए ।

आख्यानकार बुद्धि सागरको कथा गैंडा टाइम्स लाई प्रवीण खतिवडा र सिजन दाहालले नाट्य रूपन्ताण गरेका हुन भने परिकल्पना र निर्देशन सिजन दाहालले गरेका छन । दाहालका अनुसार बर्दिया राष्टृय निकुन्जबाट आफ्नो बाबुको खाग चोरी भएपछि खाग तस्करहरुबाट फिर्ता गराउन काठमाडौं पुगेको एउटा गैंडाको संघर्षको कथामा नाटकमा प्रस्तुत हुनेछ ।

सागर खाती, सुमित्रा पेहिम, आस्था निरौला, मौसम राना, पासाङ चोमु शेर्पा, बिकास राना, किरण भेट्वाल, दिवेश लामिछाने, दिपक खरेल, सुबास खरेल, प्रवीण मगर र याङसाङ मुकारुङले अभिनय गर्नेछन् ।

यसपटक नाटकमा प्रत्यक्ष संगीतलाई पनि जोडिएको र यो दमकका लागि एउटा अवसर भएको कदम थिएटरका सचिव कमन देवानले बताए । दमकस्थित नेपाल रेडक्रस सोसाइटी, दमक उपशाखाको सभाहलमा नाटक मन्चन गरिने उनले जानकारी दिएकाछन् । यो नाटक विद्यालयका बालबालिकादेखि म समाजका बौद्धिक वर्गका लागि समेत महत्वपूर्ण र सन्देशमूलक हुनेछ । यसले बोल्ने गैंडाको प्रस्तुतिबाट बालबालिकालाई मनोरन्जन दिने छ भने खाग तस्करी जस्तो गम्भीर अपराधको मुद्दा उठान गरेको छ, उनले भने