दमक/सामाजिक क्षेत्रमा संसारकै सबैभन्दा ठूलो संस्था लायन्स क्लबका संस्थापक मेल्भिन जोनको १ सय ४० औ जन्मउत्सव झापाको दमकमा पनि मनाइएको छ ।

आज आइतवार साँझ लायन्स क्लव अफ इस्टर्नलाइन र स्वीटसिटिको आयोजनामा  दीप प्रज्वलन सहित केक काटेर जन्मजयन्ती मनाइएको स्वीटसिटी अध्यक्ष विश्वासकुमार काश्यपले बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

इस्टर्न लाइनका अध्यक्ष बिमल शर्माका अनुसार दमक र कमलगाँउपालिकाकाका लायन्स अभियानकर्मीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।