लखनपुर/लायन्स क्लव अफ लखनपुर र लिओ क्लब अफ लखनपुरले झापाको कमल गाँउपालिका वडा नं. ७ स्थित ठुलो बाह्घरेमा निशुल्क औषधि सहितको बृहत स्वास्थ्य शिबिर गरेको छ । स्वास्थ्य शिबिरबाट ४ सयभन्दा बढि स्थानीय बिरामीहरुले लाभ लिएको क्लवका संस्थापक अध्यक्ष धर्मानन्द भट्टराइले बताए ।

कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले उद्घाटन गरेको स्वास्थ्य शिबिरमा लायन्स क्लव अफ इन्टरनेशल ३२५ ए वानका सेक्रेटरी रेवत कार्कीले लायन्सकर्मीहरु सेवाको क्षेत्रमा सधै समाजमा अग्रस्थानमा रहेको बताएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले लायन्स क्लवहरुको सक्रियताको प्रशंशा गर्दै स्वास्थ्य, शिक्षाजस्ता बिषयमा लायन्सले देशभर अभियानकै रुपमा नै कार्यक्रम गरिरहेको जनाए ।

एडभान्स मल्टीस्पेसियालिटी अस्पताल र निम्स अस्पताल दमकका चिकित्स एवं स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गरेको लायन्स क्लव अफ लखनपुरका राजु खड्काले बताए ।

क्लवका अध्यक्ष प्रमोद दाहालको अध्यक्षतामा भएको स्वास्थ्य शिविरमा आएका बिरामीहरुलाइ निशुल्क रुपमा औषधि उपलब्ध गराइएको र १५ दिनभित्र जाँचमा आएर सम्बन्धित अस्पतालले निशुल्क ओपिडि सेवा प्रदान गर्ने पनि क्लवका प्रथम उपाध्यक्ष ज्ञानु पौड्यालले बताए ।